हिज दिनांक १ जुन २०१६ को दिन दिल्ली राज्यका सम्माननिय मुख्यमन्त्री श्रीमान अरबिन्द केज्रिवालसित गोर्खा फाउनडेशनका प्रतिनिधिहरुले गोर्खाहरुको बिभिन्न लम्बित मांग लिएर एउटा सौहार्द भेटघाट गरे। यस् भेटघाटमा गत फरवरी महिनामा चडाएको ज्ञापन पत्रमा छलफल गर्दै यस माथि बिशेष कार्वाही गरिदिने अनुरोध गरियो। जसमा निम्न बिषयहरु थिए- १, गोर्खाल्यान्ड मांग प्रती समर्थन गरिदिने अनुरोध, २,दिल्लीमा बसोबासो गर्ने समस्त गोर्खाहरुको सुरक्षा हेतु सरकारको उचित कदम र् ब्यवस्ता गरिदिने, ३ दिल्लीमा बसो बासो गर्ने समस्त गोर्खाहरुको निम्ती एउटा सामुदायीक भवन चाडैनै बनाइदिने, ४, दिल्ली सरकार सरकारी नोकरीहरुमा गोर्खाहरुको अवसर प्रदान गरिदिने, गोर्खा फाउनडेशनलाई सामुदायिक भवनको निम्ती जमिन स्वयम खोज्ने वहाँले हामीलाई भन्नु भयो।
|
गोर्खा फाउनडेशनका प्रतिनिधिहरुले अरबिन्द केज्रिवालसित गोर्खाहरुको मांग लिएर भेट गरे |
आजकै दिन भारत सरकारको सम्माननिय गृह राज्य मन्त्री श्रीमान किरण रिजिजु सित भेटघाट गरेर वहाँ सित बिभिन्न मांगहरु लिएर एउटा ज्ञापन पत्र सुम्पे। यस् ज्ञापन पत्रमा सर्बप्रथम, गोर्खाल्यान्ड मांगलाई चाडै संसदमा बिल ल्याएर, गोर्खाहरुको सपना साकार गर्ने अनुरोध गरियो। वहाँले यस्को जवाबमा – यस् प्रती चाडैनै सरकारले कार्य गर्ने छ भन्नु भयो, र् यस् प्रती हामी इमान्दार छौ भन्नु भयो। दोस्रो मांगमा, दिल्ली पुलिसको भर्तीमा पनि डुवर्स र दार्जीलिङका गोर्खा र डुवर्सको आदीबासी दाजु भाईहरुले अवसर पाउने छ भन्नु भयो, तेस्रो मांगमा दार्जीलिङ र डुवर्सलाई उत्तर पुर्बोत्तर राज्यमा एउटा संबैधानिक प्रावधान ल्याएर अन्तर्भुक्त गर्ने यस बारे पहल गरिदिने फाउनडेशन अनुरोध गरे, चौथो मांगमा, राज्य सभामा पनि हाम्रो जातीलाई प्रतिनिधि दिने मांग गरियो, पाँचौ मांगमा, राष्ट्रिय मानव अधिकार संगठन र नेस्नल फाउनडेशन फर कम्युनल हारमोनीमा हाम्रो जातीको प्रतिनिधित्व हुनु पर्छ भन्दा वहाँले यस् बिषयमा कानुन मन्त्रालय एव गृह मन्त्रालयको नियम बमोजिम अवस्यै गरिने छ भन्नु भयो, छटौ मांगमा, हाम्रो शहिद र शहिद परिवारको निम्ती मन्त्रालयबाट एव सम्बन्धित बिभागबाट अलग आर्थिक ब्ववस्था र परिवारलाई सुबिधाहरु प्रदान गरिनु पर्छ मांग गर्दा वहाँले बिभाग र मन्त्रालय सित बिचार बिमर्श गरेर जनाउने वहाँले आश्वासन दिनु भयो, सातौ मांगमा दिल्लीमा बसोबासो गर्ने गोर्खाहरुको सुरक्षा र आत्मा सम्मानको निम्ती वहाँले दिल्ली पुलिसलाई देख्ररेख र तुरन्त सहायता दिने बिशेष आदेश दिने छु भनी आश्वसन दिनु भए, गोर्खाहरुको एघारा जातीको ट्रैबल मांग प्रती पनि बिशेष ध्यान दिने अनी सम्बन्धित बिभाग सित पनि कुरा राखेर अनुमोदन गर्ने वहाँले भन्नु भयो । आजको यस् दुवै भेटघाटमा सघन मोक्तान, डि० के० प्रधान, मनिता प्रधान, एन्ड्रु गुरुङ, लोप्सँग लामा, रेबेका राइ अनी रुस्तम छेत्रीले प्रतिनिधित्व गरेका थिए.
SIMILAR ARTICLES
सम्पूर्ण चिया कमानहरुमा काम बन्द गर अनि श्रमिकहरुलाई बन्द अवधीको वेतन देऊ! DTA अनि CCPA को दार्जीलिङ पहाड़को चियाकमानहरुमा काम संचालित राख्ने कोशिशको घोर निन्दा गरौं! विश्वलाई त्रासित बनाएको कोरोना भाइरसको महामारी विरुद्ध हर एक देश अनि संस्थाहरु एकबद्ध भएर सक्रिय रुपमा काम गरिरहेका छन्। हाम्रो देशमा पनि यो भाइरसको विस्तारलाई रोक्नको निम्ति सरकारले कतिपय […]
Ministry of Culture Initiates Fellowship for Nepali Language Research Scholars and Artists Ministry of Culture has included Nepali and Santhali languages for Centre for Cultural Resources and Training (CCRT) fellowship after a delegation led by Darjeeling MP Raju Bista met and requested for so. The delegation included the members from Assam Nepali Sahitya Sabha (ANSS). […]
JAI GORKHA: Punjabi, Malayalam, Bengali, Nepali found most takers during CBSE boards In the recently concluded CBSE board examinations, Punjabi, Malayalam and Tamil were the regional language papers with the most number of candidates in class X. In class XII, the highest number of candidates appeared for Punjabi and Bengali papers, with Nepali coming in […]
यहाँ फेरि मेला लागेको छ चारैतिर रमाइलो छ फेरि यहाँ मंच सजिंदै छ आजकल पहाड़ हेर्दा साह्रै घमाइलो छ फूटबल World Cup सक्यो त के भ बजार त झण्डाहरूले नै भरिएको छ हरियो,रातो,फूलहरू देखि टाटे-पांगरे सम्म चुनावको चर्कोले यो ठाउँ चर्केको छ यहाँ फेरि मेला लागेको छ। यहाँ कैयौं भूमिपूत्रहरूले राता रात जन्म लिएको छ […]