तीन विधायकहरूले ममता व्यानर्जीसित कालेबुङ जिल्ला गठनको घोषणाको निम्ति आभार व्यक्त गरयो

दार्जीलिङ, कालेबुङ अनि खरसाङका तीनजना विधायकहरू क्रमैले श्री अमर सिहं राई, श्रीमती सरिता राई अनि डा. रोहित शर्माले आज माननीय मुख्यमन्त्री सुश्री ममता व्यानर्जीसित भेटवार्ता गरी कालेबुङ जिल्ला गठनको घोषणाको निम्ति आभार व्यक्त गर्दै दार्जीलिङ पहाड़को जनतालाई प्रशासनिक सुविधा प्रदान गर्नुको निम्ति अझै थप जिल्ला अनि महकुमाहरू निर्माण गर्नुपर्ने माग पनि पेश गरयो।

विधानसभामा आज माननीय राज्यपाल केशरीनाथ तिवारीजीको सम्बोधन कार्यक्रमको समापनपछि तीनजना विधायकले सुश्री ममता व्यानर्जीले उनकै च्याम्बरमा गएर सौहार्दमूलक भेटघाट अनि बातचीत गरेको थियो। विशेषरूपले कालेबुङलाई जिल्ला बनाउने प्रक्रिया शुरू गरिएकोमा माननीय मुख्यमन्त्री महोदयालाई समग्र पहाड़वासीको पक्षमा धन्यबाद दिइयो। यसको साथसाथमा खरसाङ महकुमालाई पनि जिल्ला बनाइनुपर्ने, मिरिकलाई महकुमा बनाइनुपर्ने तथा दार्जीलिङ पहाड़को सर्ववृहत खण्ड विकास क्षेत्र बिजनबारीलाई पनि महकुमा बनाइनुपर्ने पनि मुख्यमन्त्रीसमक्ष अपील गरियो। पहाड़का मानिसहरूले दीर्घकालदेखि विभिन्न प्रशासनिक समस्याहरू झेलिरहेको कारणले गर्दा जिल्ला अनि महकुमाहरूको विस्तार गरिन आवश्यक रहेको पनि मुख्यमन्त्रीलाई अवगत गराइयो।
तीन विधायकहरूले ममता व्यानर्जीसित कालेबुङ जिल्ला गठनको घोषणाको निम्ति आभार व्यक्त गरयो
मुख्यमन्त्री ममता व्यानर्जीले पनि पहाड़का विधायकहरूको उक्त अपीललाई सम्मान गर्दै सकरात्मक आश्वासन प्रदान गर्नुभएको छ। जिल्ला अनि महकुमा विस्तारकार्यको निम्ति थुप्रै औपचारिकता अनि पूर्वाधारहरूमाथि कार्य गर्नुपर्ने हुनाले यस विषय़मा चाड़ै कार्यान्वन गर्न नसकिने भएतापनि भविष्यमा उक्त विषयहरूमाथि राज्य सरकारले अवश्यै सकरात्मप पहल गर्ने माननीय मुख्यमन्त्री महोदयाले आश्वासन प्रदान गर्नुभएको छ।




Share this:

Post a Comment

 
Copyright © Indian Gorkhas. Designed by Darjeeling Web Solutions