अञ्जुमान ईश्लामियाले रोहोङ्गिया कालेबुङ भित्रिएको भिडियोबारे दियो स्पष्टिकरण

रोहोङ्गिया मुश्लिमहरू कालेबुङ भित्रिएको दाबी गर्दै फेसबुक मार्फत् भाइरल बनेको भिडियोबारे गफसफ. com ले कालेबुङका मुश्लिम सङ्गठन अञ्जुमान ईश्लामियासँग सम्पर्क गरेर स्पष्टिकरण लिएको छ। भाइरल बनेको भिडियोमा दाबी गरिएका रोहोङ्गिया मुश्लिम भनिएका मानिसहरू खाँटी भारतीय नागरिक रहेको अञ्जुमान ईश्लामियाले दाबी गरेको छ।

अञ्जुमान ईश्लामियाका सचिव मसुद सुल्तानले उक्त भिड्योमा देखिएको मुश्लिमहरू रोहोङ्गिया नरहेको भन्दै कालेबुङ मस्जिदमा आएर बसेका धर्म प्रचारकहरू रहेको दाबी गरेका छन्। ‘कालेबुङ थाना अघि खिचिएको भिडियोलाई रोहोङ्गिया मुश्लिम भनि प्रचार गरिएको छ तर, त्यो अत्यन्तै झुटो खबर हो’ सङ्गठनका सचिव मसुद सुल्तानले स्पष्टिकरण दिँदै भने। भिडियोमा देखिएका सम्पूर्ण मुश्लिमहरू कालेबुङको ठाकुरबाडी स्थित मस्जिदमा बसेको दाबी गर्दै उनले उनीहरू आफ्ना धर्म प्रचारको क्रममा कोलकोताबाट आएका भारतीय नागरिकहरू रहेको उनले बताए। ‘सबैको सम्पूर्ण कागतपत्र हामीसँग सुरक्षित छ। उनीहरू सबै भारतीय नागरिकहरू हुन्।

यहाँ रोहोङ्गिया भनेर राजनैतिक रङ दिएर मानिसहरूमा त्रास फैलाउने प्रयास गरिएको छ’ मसुद सुल्तानले भने। उनले कुराकानीको क्रममा उक्त भिडियोलाई भाजपासँग संलग्न रहेका व्यक्तिले अप्लोड गरेको दाबी समेत गरेका छन्। ‘जुन मानिसहरूलाई रोहोङ्गिया भनिएको छ त्यो अत्यन्तै निराधार हो’ सुल्तानले अझ भने। उनले कतिजना आएका छन् भन्ने प्रश्नको सही जवाब नदिए पनि 8-10 जना मुश्लिमहरू धर्म प्रचारका
आएको अनि उनीहरू सबै ठकुरबाडी स्थित मस्जिदमा बसेको स्पष्टिकरण दिएका छन्। ‘उनीहरू जमात घुम्न यसरी आउँछन्। यहाँ मात्र होइन विभिन्न ठाउँहरूमा जमातको निम्ति घुम्छन्। यो वर्षौँदेखि चलिरहेको छ’ मसुद सुल्तानले अझ भने।

Via गफसफ. com

Share this:

 
Copyright © 2024 Indian Gorkhas Designed by Darjeeling Web Solutions