हामीहरु रोहिङ्या होइनौं,हामी सबैजना कोलकाता सोनापुरको वासिन्दा हौ अनि खाटी भारतीय हौ

कालेबुङ,२८/०४/२०१८,

केही दिन अघि सोसियल मिडियामा भाइरल बनेको भिडिया जहाँ कालेबुङको थाना डाँडा अघि एक हुल मुस्लिम समुदायका युवकहरु वाहनबाट उत्रिएको देखाइएको थियो।

त्यहीँ भिडियोमा देखिएको एक सदस्य शेख शहनशाहले पत्रकारहरु लाई जानकारी दिदै भने हामी रोहिङ्या हैनौ,हामी खाटी भारतीय हौं।अनि हामी सित मतदाता परिचयपत्र देखि लिएर अन्य सम्पुर्ण आवश्यक परिचयपत्रहरु छ्।हामी कोलकाताको सोनापुरको वासिन्दा हौं।अनि हामी १५ जनाको समुह कालेबुङमा एक धार्मिक कार्यक्रम लिएर आएका हौं।

भिडियोमा हामीलाई रोहिङ्या भनी देखाईएको छ जुन पुर्णतः गलत अनि झुठो हो।

हामी प्रायः जसो मुस्लिम धर्मको संस्कृति अनि धर्म प्रचारको निम्ति देशको एक स्थान देखि अर्को स्थानहरूमा गइरहन्छौ।अनि मस्जिदमा बस्ने गर्दछौ।त्यस्तै एक कार्यक्रम लिएर हामी कालेबुङ आएका हौं।

कोलकाताको सोनारपूरमा शिक्षकको रूपमा कार्यरत शेख शेहनशाहले बताएअनुसार कालेबुङमा आएको टोलीमा बेसि जस्तो बिध्यार्थीहरु छ्न।जस्ले भर्खरै मात्र उच्च माध्यमिक परिक्षा दिएर बसेका छन्।आफ्नो समुदायको धार्मिक कुरा सिक्न अनि धर्मबारे जानकारी आदान प्रदान गर्न नै उनीहरू कालेबुङ आएका हुन्। “हामीलाई थाहा थिएन हाम्रो भीडियो बनाएर यस प्रकारको अफवाह पनि फैलिनेछ। यद्यपि जे पनि अफवाह फैलिरहेको छ यो पूर्णतया झुटो अनि भ्रमक हो”- उनले अझ भने।

अर्कोतिर कालेबुङको मुस्लिम सङ्गठनका पदाधिकारी  अञ्जुमन इस्लामियाले पनि भाइरल भीडियो अनि अफवाहमाथि आफ्नो आपत्ती जनाएको छ।सङ्गठनका मुख्यसचीव मसुद सुल्तानले पनि कतिथ भीडियोमा देखाइएका मानिसहरू कालेबुङ्को ठाकुरबाडी स्थित मस्जिदमा धार्मिक कार्यलाई लिएर आएको बताउँदै अकारण यस्ता अफवाह फैलाउनेमाथि कार्यवाही गर्नुपर्ने आफ्नो माग प्रति जोड दिदै भने। “कतिथ भीडियोमा देखाइएका मानिसहरू रोहिङ्या भनेर देखाइएको खबर पुर्ण रुपमा झुठो हो।भिडियोमा देखाइएका कोही पनी रोहिङ्या होइनन् उनीहरु सबैजना एक धार्मिक कार्यलाई लिएर आएका इस्लामिक धर्मावलम्बीहरू हुन्। यसरी मस्जिदमा इस्लामिक धर्मावलम्बीहरू बाहिरबाट आउने क्रम नौलो होइन। उनीहरू आउँछन् जान्छन् तर उनीहरूको भीडियो बनाएर झुटो खबर फैलाउनु उचित होइन”- उनले भने।

केहि वास्तविकता न बुझी सामाजिक सञ्जालहरुमा यस्तो झुटो खबर फैलाउनु एउटा अपराध हो।यस्तो नहुने अपराध गर्नेहरूलाई खोजेर प्रशासनले कार्यवाही गर्नुपर्छ। किनभने यस्तो भ्रामक कुराहरूको कारण गर्दा भोलिको दिनमा यदि कुनै ठुलो काण्ड भएमा त्यसको जिम्मेवार कस्ले लिने? यसर्थ प्रशासनले झट्ट यस दिशामा उचित कार्यवाही गर्नुपर्छ”- उनले आफ्नो माग राखे।

Share this:

 
Copyright © 2024 Indian Gorkhas Designed by Darjeeling Web Solutions