बिमलको साझा मन्च र गोजमुमोले हराएको सन्तुलन

बबिता मादेन
सम्मान र समर्थन भन्ने जब्बर्जस्ती जुटाउनु सकिने कुरा होईन, न त सत्ताको हाँकमा शत्रांशको माहौल सृजना गरेरै जनतालाई वंशमा राख्न सकिन्छ । छल र बलको प्रयोगले सत्ता हासिल गर्न सकिन्छ तर जनताको मनमा ठाँउ बनाउन सकिन्न । नेतृत्वमा नैतिकता नरहे पछि आवेशमा उटपट्याङ क्रियाकलाप गर्नु र बोलिमा सन्तुलन हराउनुले उल्टा जनताको सामु हाँसो र निन्दाको पात्र मात्र भइन्छ ।

बिमल होस या बिनय नामले केही फरक गर्दैन, फरक पर्नु पनि हुदैन जनतालाई केवल कामसंग सरोकार हुनु पर्छ ।
व्याक्ती पुजाको संस्कारले पहाडलाई सखाप पारेको हो र जबसम्म यस खाले संस्कारको जरा काटिदैन सत्ताको मनमानीलाई कसैले रोक्नु सक्दैन।

फिलहाल गोजमुमोसंग भएको एउटै मुद्दा विकास मात्र हो र यसको पार्दर्शिता जसरी भए पनि जनता समक्ष पुर्याउने कोशिशमा छ तर जनता चाहन्छ गोजमुमोको ढाँचागत बिकास गोर्खाल्यान्डको बाटो भएर जाउन । गोर्खाल्यान्ड प्रत्येक गोर्खाको आत्मामा बस्छ यस्तोमा यदि आत्मालाई नै शरीरबाट अलग गर्न खोजे त्यो शरीर छटपटिन निश्चित छ ।
विकास कै कुरा गर्दा पनि झोडा, नाला र बाटोदेखि बाहिर निक्लेर कार्य गरे त्यो आफुले बताईरहन पर्दैन मुल्यांकन जनता आफैले गरि हाल्छ।

भर्खरै मात्र मुख्यमन्त्रीले सुकुना, सेभोक लगायत पाँचवटा पुलिस आउट पोस्टलाई दार्जीलिङ जिल्लाबाट छुट्याएर सिलिगुडी पुलिस कमिशनरेटभित्र अन्तर्भुक्त गर्ने निर्देश दिइयो । पहाडका सत्ता दल गोजमुमोले यसबारे के सोचेका छन ? के पार्टीबाट यसलाई रोक्ने पहलहरु गरिन्दैछ त ?? पिन्टेल भिलेजको जमिन अघिबाटै बिवादको घेरोमा छ । दागोपाप कालमा शुरु गरिएको दार्जीलिङ मोड स्थित टुरिष्ट इन्फर्मेसन सेन्टरको जिर्णोद्वार बारे किन पहल गरिएको छैन ? सिलिगुडीको मुटु मानिएको दार्जीलिङ मोडमा गोर्खासंग सम्बन्धित कुनै सम्पती हुनु भनेको गोर्खाको किपट समान हुन ।

अलग राज्य गठनको निम्ति सिमाना अति नै आवश्यकिय तत्व हो जस माथी बंगालले दिन- दिनै अतिक्रमण गरिरहेको छ। खुम्चिएर अझै कति सानो हुनु पर्ने ? यस्ता कुराहरु माथि पार्टीको किन ध्यान जादैन ??

उता बिमल गुरुङले साझा मन्चको कुरा के उठायो यता बिनय समुहमा भुइचालो जाला जस्तो भयो । हडबडाहटमा नेताहरुले दिएको उटपट्याङ भाषणहरुले पनि पार्टीभित्रको असुरक्षितपनालाई छर्लङ्ग पारिदियो । कुनै बेला बिमल गुरुङ साझा मन्चका कट्टर विरोधी थिए सत्ताको मात नै यस्तो हुन्छ कि यसले लट्टिएपछि नेताहरुको मनस्थिति काबुमा हुदैन । विपक्षीहरुको प्रस्तावलाई तिनले सिधा खारेज गरिदिन्थे । उनले चाहेको भए पहाडमा गतिलो साझा मन्च तयार हुन सक्थ्यो ।

छुट्टाछुट्टै बसेर अझै दुई शातब्दीसम्म चिच्याई रहे पनि गोर्खाल्यान्ड सम्भव हुने होइन । लक्ष्य फत्ते गर्नु हो भने सामुहिक सहभागिता नितान्त जरुरी छ । साझा मन्चमा उभिएर बिचार साझा गर्दै साझा सिद्धान्तलाई अंगाले बंगालको कालो शासनदेखि मुक्त हुन ज्यादा समय लाग्दैन ।
तर सामुहिकताका त कुरै छोडी आज पहाडको राजनीति जुन थोत्रे बिषयहरु माथी केन्द्रित हुँदै गईरहेको छ यसले स्वास्थ राजनैतिक गरिमा माथी त आधात पारी नै रहेको तर सामाजिक परिवेशलाई पनि बिथोल्ने कार्य हुदैछ ।

आफ्नो छवि सफा राख्न अन्य माथी व्याक्तिगत हमला र एकार्कामा हिलो छेपाईले पथभ्रष्टको दिशामा अग्रसर गराउँदछ । यदि बिमल दागी हुन भने यसको राजदार बिनय तामाङ हुन ।

कुरा स्पष्ट छ न यहाँ कसैको विरोध, न त समर्थन छ । विकास जरुरी छ किन कि हामीले आफ्नो आर्थिक व्यवस्थाको घरेडी पनि मजबुत बनाउनु पर्छ तर गोर्खाल्यान्डसंग सम्झौता गरेर होइन र जबसम्म नेतृत्वले विकाससंगै अलग राज्यको मुद्दालाई समेटेर लादैन जनताको आक्रोशका सामना गर्नु पर्ने नै हुन्छ ।

Share this:

 
Copyright © 2024 Indian Gorkhas Designed by Darjeeling Web Solutions