Showing posts with label nepali. Show all posts
Showing posts with label nepali. Show all posts

Nepali language as one of the most takers during CBSE

2:23 PM
JAI GORKHA: Punjabi, Malayalam, Bengali, Nepali found most takers during CBSE boards

In the recently concluded CBSE board examinations, Punjabi, Malayalam and Tamil were the regional language papers with the most number of candidates in class X.

In class XII, the highest number of candidates appeared for Punjabi and Bengali papers, with Nepali coming in third.

The board offers 38 languages at the class XII level, and 34 at the class X level. These include Hindi, English and Urdu, along with a range of regional and some foreign languages.

Among the foreign languages, French was the most popular — 15,722 candidates in class X and 134 in class XII. German was the second most popular, with 2,611 in class X and 80 in class XII.

[Via: Indian Express]

यहाँ फेरि मेला लागेको छ

11:16 AM
यहाँ फेरि मेला लागेको छ
चारैतिर रमाइलो छ
फेरि यहाँ मंच सजिंदै छ
आजकल पहाड़ हेर्दा साह्रै घमाइलो छ
फूटबल World Cup सक्यो त के भ
बजार त झण्डाहरूले नै भरिएको छ
हरियो,रातो,फूलहरू देखि टाटे-पांगरे सम्म
चुनावको चर्कोले यो ठाउँ चर्केको छ
यहाँ फेरि मेला लागेको छ।

यहाँ कैयौं भूमिपूत्रहरूले राता रात जन्म लिएको छ
पहिला झैं अस्तित्व जोगाउने आश्वासन फेरि दिएको छ
पहिला त्यही पैंतलामा कुल्चिनेहरूले दुई हात जोड़न थालेको छ
वाह! Innova, Bolero मा चड़ी हात हल्लाई हल्लाई 
अर्को पाँच वर्षको हिसाब कोर्न थालेको छ।
Code of Conduct को नाममा उत्पीड़न फेरि हुने भएको छ
ठूलेको बूढ़ी आमा खालीखुट्टै भोट हाल्न जाँदा फेरि रूने भएको छ
यहाँ फेरि मेला लाग्ने भएको छ।

अब भाषा बोल्नै नजान्नेहरू चिन्हारी जोगाउन भनी अघि बड़ेको छ
आफ्नो भाषा बोल्न जान्ने चाहिं 
नजानी नजानी पिंजराको सुगा झैं अर्काको भाषा रटेको रटेको छ
अभिनय र ढोंग चल्दैछ यहाँ डरलाग्दो
खै एउटा उम्मीदवार देखिनै मैले चै यहाँ भरलाग्दो
यहाँ अहिले असाधारण बिकास भएको छ
जंगल बस्नेहरू सिद्धै Skype बाट  Video Chat गर्न थालेको छ
वाह कस्तो दामी Network,यहाँ फेरि मेला लाग्न थालेको छ।


आफ्नो निधारमा भाग्य भन्दा बेसी पार्टी कै टिका लगाउँछन्
कुनै दृष्टि नभएको नेतृत्वले खै कसरी जनतालाई जगाउँछन्
कोही भन्छन् छुट्टै राज्यको Agenda,
कोही Development गर्न हिंड़ेको 
तर पहाड़मा जुनै जोगी आए पनि कानै चिरेको
अब फेरि हातका सफा पन्जामा कालो रंग पोत्ने दिन आएको छ
यति वर्ष खपेका पीर मर्माहरू याद गरी सठिक मान्छे रोज्ने समय आएको छ
यी पाँच वर्ष कटमेरो भै बसेको फल आज बल्ल पाकेको छ
यहाँ फेरि मेला लाग्ने भएको छ,यहाँ फेरि मेला लागेको छ।।
       
(मान्छे चिनौं,खसी किनौं)


Pramod Khadka

Pawan Chamling talked about Identity crisis on Bhanu Jayanti

8:02 PM

Buddha was of Nepali origin,’ says C.M.

SUJAL PRADHAN

Gangtok 13 Jul 2018 On the occasion of Bhanu Jayanti, Sikkim Chief Minister Pawan Chamling has called for preservation of the communal harmony that prevails in the State.

“Our government has maintained peace, security and harmony in the State all these years. I urge everyone to take ownership and responsibility as dutiful citizens and give their full support in ensuring continuity to the communal harmony that exists in the State,” he said, addressing the State-leval Bhanu Jayanti celebration at Manan Kendra on Friday.

In Sikkim, celebrations on the occasion of birth anniversary of poet Bhanu Bhakta Acharya are not limited only to the Nepali community. People from all communitiestake part in the festivities related to Bhanu Jayanti, reaffirming the communal harmony that exists among the Sikkimese people. The theme for this year’s Bhanu Jayanti is “Jatiya Sadbhavana” (Communal Harmony).

On the occasion, the Chief Minister also talked about the identity crisis of the Nepali community. He said: “We still suffer from an identity crisis. We are still viewed as immigrants by our mainland countrymen. Doubts are cast on our nationality. Even personally also, I was made a victim of this crisis, when a case was filed in the Court questioning my nationality. It is during such times that we, the Nepali people, have to be united and prove that we are proud Indians having made our contributions towards the nation, right from the time of Lord Buddha. History is proof that the Buddha was of Nepali origin, having being born in Nepal. So, if we have to prove our identity, we can say that we are Indians as much as Lord Buddha is! Therefore, whenever aspersions are cast on our identity, we as a community should stand for each other and protect ourselves from such derogatory attacks.

He also made a few announcements. “Our Government has endeavoured towards the promotion of Nepali language. Nepali is taught in schools and colleges; from this year, we are taking further steps to encourage our students to take up Nepali as a subject in schools and colleges. A language can be safeguarded, promoted and recognized if people study it as a subject. People from the Nepali community can even write UPSC examination in Nepali language as it comes under the eighth schedule of the Constitution. Such efforts will go a long way in promotion and recognition of Nepali language,” he added.

He directed his department to look for land for construction of Bhanu Bhawan in Gangtok. The State Government would bear all expenditure for its construction.

Via EOI

सुके पोखरी मा मनाइयो भानु जयन्ती। अनिकेश प्रधान मुख्य अतिथिको रुपमा उपस्थित।

7:12 PM

सुके पोखरी मा मनाइयो भानु जयन्ती। अनिकेश प्रधान मुख्य अतिथिको रुपमा उपस्थित।

सुके पोखरी का सन्त मिलारेप्पा अकादमी स्कुल ले पनि भानु जयन्ती भब्य रुप ले मनाए जहाँ स्कुल का छात्राहरुले रामायण श्लोक, कविता वाचन, गित संगीत अनि नृत्य को प्रस्तुति दिए एवम् शिक्षक शिक्षिकाहरु ले सङित को प्रस्तुती दिए तेति मात्र न भएर हाजिरीजवाफ प्रतियोगिता नेपाली साहित्य जगत को बारेमा राखिएको थियो जहाँ छात्रबर्ग ले  उत्सुक्ता साहित उत्तरहरु पनि दिए।

उक्त कार्यक्रम्मा मुख्य अतिथी को भार कवि, समाजिक कार्यकर्ता अनि कलाकार श्री अनिकेश प्रधान ले लिनु भएको थियो भने अध्यक्षता को भार स्कुल का उप अध्यापक श्री मनोज राई ले लिनु भएका थिए अनि स्कुल का नेपाली शिक्षक श्री नरेस थापा ले कार्यक्रमलाइ संचालित गर्नु भएको थियो।

पहाडमा रोहिङ्या अनि गोर्खा जाती

9:52 PM

थुलुङ भाई

अहिले घरी सामाजिक संजालहरुमा कतिथ रुपले रोहिङ्या मुसलमान पहाडँ(कालेबुङ) भित्र पसेको भिडियो चर्चाको बिषय बनेको छ।

यदि साच्चै नै ती सबै ब्यक्तिहरु रोहिङ्या मुसलमानहरु हुन भने यो समग्र पहाडँ अनि गोर्खा जातीको निम्ति मात्रै नभएर देशको सुरक्षा ब्यवस्था माथी नै हमला हो।के भिडियोमा देखिएको ब्यक्तिहरु भारतीय  मुसलमान हुन अथवा पहाडँ घुम्न आएका साधारण पर्यटकहरु मात्र हुन?कहाँ छन् उनीहरु अहिले? के गर्दैछन्?

पुलिस प्रशासन अनि गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका अधिकारीहरुले झट्ट यो बिषय माथी ध्यानसंग छानबिन गरि सत्यता के हो जनता सामु ल्याउन नितान्त आवश्यक छ।कारण यस्ता घटनाहरुले पहाडँमा फेरि अशान्ति शृजना गर्न सक्छ भन्न सकिन्दैन। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रवेस द्वार सुकुना देखि केही मिनेट टाडो सालबाढीमा पनि बिगत दिनहरु भन्दा धेरै संख्यामा अवैध बंगलादेशीहरुको प्रवेस भएको कुरा प्रकाशमा आएको छ अनि उनिहरुले हेर्दाहेर्दै एउटा नयाँ गाउँ नै बनाएको लेखक स्वयं लाई अनुभव छ।तब प्रश्न उठँछ यहा,के यस्ता घटनाहरु प्रशासनको जानकारी बिना घटन सक्छ?के राज्यको खुफिया विभागलाई यस बारे जानकारी हुदैन? प्रश्न गम्भीर छ।अनि त्यो भन्दा गम्भीर कुरो यस्ता कुराहरु प्रकासमा आएपनी प्रशासन किन मौन? राज्य सरकार होस अथवा केन्द्र सरकार दुवैले यो बिसयमा चासो न राखेको झै देखिन्छ।

केन्द्र सरकारको एक रिपोर्ट अनुसार पश्चिम् बंगालमा मात्रै २ करोड अवैध बंगलादेशीहरु बसोबास गर्छन्।
आसाम राज्य पनि अवैध बंगलादेशीहरुको समस्याले ग्रसित छ भने उडिस्सा पनि अछुतो छैन।सन १९७९ सालमा अल आसाम स्टुडेन्ट युनियनले अवैध बंगलादेशीको मुद्दा सरकार सम्मुख उठाएका थिए।तर सरकारले गम्भीरता पुर्वक लिएन,फलस्वरूप वर्तमान समयमा आएर केन्द्र सरकारलाई हस्ताक्षेप गर्न कर लाग्यो अनि असली भारतीय मुसलमान अनि अवैध बंगलादेशी छुट्टाउने प्रक्रिया आसाममा चलिरहेको छ।यी तीन राज्य मध्ये अवैध बंगलादेशीहरुको निम्ति पश्चिम् बंगाल राज्यमा प्रवेस गर्न सबैभन्दा सजिलो रहेको पनि बिगतका कतिपय भाइरल भिडियोहरु अनि घटनाहरुले स्पष्ट बुझाएको छ।

अन्तमा कालेबुङ शहर भित्र रोहिङ्या प्रवेश गरेको कतिथ घटनालाई कुनै राजनीतिकरण नगरी गम्भीरता पुर्वक छानबिन गरि सत्य कुरा उजागर गर्न अहिलेको परिवेशमा आवश्यक छ।

जय हिन्द जय गोर्खा

पार्टीहरूबीचको एकता समयको मागः एनजीसी

11:41 AM
NGC
गोर्खाल्यान्डको लागि भविष्यको बाटो
प्रतिविम्ब न्यूज
दार्जीलिङ, 22 अप्रेल
राष्ट्रिय गोर्खाल्यान्ड कमिटीले हिजो अलग राज्य गोर्खाल्यान्डको लागि भिजन डकुमेन्ट जारी गर्यो। पुस्तकको रूपमा प्रकाशमा ल्याइएको यस दस्तावेजमा गोर्खाल्यान्डलाई वान पोइन्ट एजेन्डा मानेको छ। यसै दस्तावेजमा कमिटीले गोर्खाल्यान्डको लागि भविष्यको बाटो पनि बनाएको छ. जसको एकांश यस्तो छ।
अन्य राज्यहरूको माग
भारतमा आठवटा क्षेत्रले राज्यको माग गरिरहेका छन्। ती हुन् हरित प्रदेश (पश्चिाम उत्तर प्रदेश), पूर्वाञ्चल (उत्तरी उत्तर प्रदेश), बोडोल्याण्ड (आसाम), सौराष्ट्र (दक्षिण गुजरात), लद्दाख (पूर्वी जम्मु तथा काश्मिर), गोर्खाल्यान्ड (उत्तरी पश्चि म बंगाल), कोङ्गु नाडु (दक्षिणी तामिलनाडु) र विदर्भ (पूर्वी महाराष्ट्र)। गोर्खाल्यान्डको माग उपर्युक्त सबैभन्दा पुरानो 1907 देखिको वा 111 वर्षअघिको माग हो।
थप राज्यहरूका लागि किन यो माग।
राष्ट्रले आफैलाई सोध्नुपर्छ-किन अझ बड़ी राज्यहरूको मागमा कोलाहल भइरहेको छ। के यो क्षेत्रीय संशाधनमाथिको लड़ाई हो वा विकासको अभावले गर्दा हो। यो राजनीतिक विचारको कारणले हो वा भारतको संघीय ढाँचामा परिवर्तनको लागि हो। ठूलो राज्य हुँदैमा त्यो आर्थिकरूपले सम्पन्न राज्य हुन्छ भन्ने छैन। कुनै पनि राज्यलाई उसको प्रदर्शन र सुशासनको आधारमा मूल्यांकन गर्नुपर्छ। वर्तमान विकास योजना मोडलमा केन्द्रिय संघीय ढाँचा एउटा भौगोलिक राज्यका सबै क्षेत्रमा समान विकास ल्याउन असफल छ एवं दार्जीलिङ र डुवर्स जस्ता गैर-विकास योजना क्षेत्रमा विकासको मामिलामा त यो अझ बड़ी स्पष्टसँग देखिन्छ।
गोर्खाल्यान्ड जस्तो सानो राज्य किन आवश्यक छ
साना राज्यको व्यवस्थापन सहजै गर्न सकिन्छ। यी राज्यहरूमा श्रेष्ठ शासन र द्रूत विकास हुन्छ। एउटा सानो राज्यलाई स्मार्ट राज्य बनाउन सहज हुन्छ। क्षेत्रीय परिचय, सांस्कृतिक तथा भौगोलिक विविधताहरू प्रशासनिक सुविधाका लागि राम्रोसँग चिन्हित गर्न सकिन्छ। ऐन श्रृंखला र आन्तरिक सुरक्षाका मुद्दाहरू एउटा सानो राज्यमा श्रेष्ठ रूपमा व्यवस्थापन हुन्छ। गोर्खाल्यान्ड जस्तो एउटा सानो राज्य सधैं राष्ट्रवादको एउटा उदाहरण हुनेछ, किनभने यो गोर्खाहरूका लागि प्रदान गरिनेछ, जो देशका अग्रमोर्चाका सिपाही हुन्। आज पनि देशभरि लगभग 4.5 लाख भूतपूर्व गोर्खा सैनिकहरू छन् भने 70,000 गोर्खाहरू सेना र अर्धसामरिक बलमा कार्यरत छन्।
सिलगढी करिडर त्यसैले सुरक्षित हातमा हुनेछ। जहाँसम्म आर्थिक सम्पन्नताको प्रश्नू छ, गोर्खाल्यान्ड राज्य सानो जैव-विविधता, चिया उद्योग, पर्यटन, शिक्षा तथा औषधीय वनस्पतिका सम्भाव्यता र सम्पदाका कारण आर्थिकरूपले दीगो हुनेछ। 30औं राज्य गोर्खाल्यान्ड गठनको माग परिचय र जातीय भिन्नतामा आधारित छ भने बाँकी व्यवस्था पश्चि0म बंगाल राज्यसँग दार्जीलिङ र कालेबुङ जिल्ला एवं डुवर्समा बस्ने भारतीय गोर्खाहरूको किनारीकरणमाथि पश्चियम बंगाल राज्यको बड़्दो रणनीति चालमा आधारित छ। यसैले गम्भीर चिन्तनको आवश्यकतालाई प्रकाश पार्दै राष्ट्रिय सुरक्षाको दृष्टिले क्षेत्रलाई अझ सुरक्षित बनाउनुपर्ने हुटहुटी दर्शाउँछ।
गोर्खा राज्य मागको आन्दोलन अब 111 वर्षको भएको छ। यो लामो लड़ाईमा 12 सय 19 निर्दोष मानिसहरू पुलिसको गोलीबारीमा मारिएका छन्। तथापि जस्तै ठूलो शक्तिले पनि गोर्खाल्यान्ड राज्यको लोकप्रिय मागलाई दबाउन सकेको छैन। एउटा अस्थायी समाधानले फेरि आन्दोलनको ज्वालामुखी फुट्नअघि केही समयका लागि मात्र यसलाई शिथिल बनाउनेछ। पहाड़का राजनैतिक पार्टीहरूबीचको एकता समयको माग हो। क्षेत्रका सबै पार्टीहरूले अब एक स्वरमा आवाज उठाउन आवश्यक छ। कुनै अधिकारपत्र एवं एउटा पार्टीको जनादेशद्वारा क्षेत्रीय राजनीति संचालित गर्न सकिन्छ, तर जब राज्य र केन्द्र सरकारसँग छलफल तथा वार्ताको कुरा हुन्छ, त्यसबेला सबको स्वर एउटै हुनुपर्छ अनि मूल लक्ष्य 30औं राज्य गोर्खाल्यान्ड हुनुपर्छ।
यसैबीच, कमिटीका अध्यक्ष सेवानिवृत्त ले. जेनरल शक्ति गुरूङले दार्जीलिङ पहाड़का सबै राजनैतिक पार्टीहरूलाई गोर्खाल्यान्डको मागमा एकताको सूत्रमा बाँध्न भोलिनै गोदुनिस भवनमा एक सभा गर्ने योजना बनाएको पनि बताएका छन्। उनले एनजीसीलाई थिङ्क ट्याङ्कको संज्ञा दिंदै यसले गोर्खाल्यान्ड राज्य निर्माणको लागि देशको शीर्ष स्थानमा लबी गर्ने, चाप सृजना गर्ने जस्ता कामहरू गर्ने भएको र गर्दै आइरहेको पनि बताए।
फोटोः कार्यक्रमलाई सम्बोधन गर्दै शक्ति गुरूङ।

चिसो थप्पडी र माटो कविता - कार्यक्रम अनुभूति

8:47 PM

बी० पी० बजगाईं, सिलगढी

मैले दुइदिन अघि नै क्यालेण्डरमा ३१ मार्च २०१८ –लाई दाग लगाएर राखेको थिएँ। यसदिन पहिलो दार्जीलिङ साहित्यिक भेट २०१८ (1st Darjeeling Literary Meet 2018) सिलगढीको होटल मैनाकमा सम्पन्न हुनेभएको थियो अनि यसै साहित्यिक भेटमा कवि राजा पुनियानीको दुईवटा मल्टिमिडिया कविता भ्रम पहाड अनि इन्काउन्टर स्क्रिनिङ हुनगइरहेको थियो। हुन त मैले यी दुवै कविताहरू पहिल्यै हेरिसकेको हो, दुईपटक युट्यूबमा अनि एकपटक सिक्किमको जोरथाङमा, कफी कवितामा। तर पनि म मैनाक होटल जान उत्सुक थिएँ। किनभने राजाको कविताले हाम्रो वर्तमान, हाम्रो सपनालाई सम्बोधन गरेको छ, म अनेपालीहरूमा यसको प्रतिक्रिया कस्तो हुन्छ भनेर जान्न चाहन्थें।

म मैनाक होटल पुग्दा बङ्गला नाटक, बङ्गला कविताहरूमाथि अलग अलग कोठामा सङ्गोष्ठी भइरहेको थियो। महँगो होटलमा भुँईंमा बस्ने आम मान्छेहरूलाई साहित्यमा कसरी सम्बोधन गरिने चर्चा भइरहेको थियो। हो, यहीं त फरक छ हाम्रो साहित्यमा, औपनिवेशिक संस्कारमा एकथरीले हाम्रो झर्रो जीवन भोगेका हुँदैनन्, महङ्गा होटलमा बसेर टाडाबाट नै हाम्रो गाला मुसार्न चाहन्छन्। हामी यसको ठीक विपरित झर्रो जीवन बाँच्छौं, अर्ग्यानिक कुरा लेख्छौं अनि आम मान्छेलाई साहित्यमात्र होइन व्यवहारमा अँगाल्छौं, किनभने हामी आफैं नै उपनिवेशवादको ढुङ्गाले चेप्ट्याएको भुँईं मान्छे हौँ।

केही क्षण अघिमात्र यस कार्यक्रमलाई पर्यटन मन्त्री गौतम देवले आरम्भ गरेर गएका रहेछन्। अब मैले भन्न परेन राजाले कस्तो स्थानमा कवितामा रौँ ठाडो हुनेगरी माटो र सिङ्गो पहाड देखाउन गइरहेको थियो। उनीहरूको ठूलो जमघटमा हामी केवल पाँचजना मात्र थियौं, म, राजा पुनियानी, समीर शर्मा, छेवाङ योन्जन अनि विजय काफ्ले। राजाको मल्टिमिडिया पोएट्रीका छायाङ्कन निर्देशक पल्लव आएका थिए तर कुनै कार्यले बाहिरिएका थिए।

राजाले मल्टिमिडियामा कविता देखाउँछसम्म थाहा थियो त्यहाँ उपस्थित भीडलाई, यो उनीहरू मध्ये धेरैलाई नयाँ प्रयोग थियो, यसैले हेर्न उत्सुक थिए। तर के देखाउँछ, देखाइने कुराको कन्टेन्ट के हो भन्ने कुराबाट केवल भीड होइन आयोजक पक्ष पनि अनभिज्ञ नै थिए। स्क्रीनिङ अघि राजाले मञ्चमा गएर कवितामा आम मान्छेको चासो मर्दै गएको देखेर नै आफूले कविता अनि यसको प्रभावलाई जिउँदो राख्न मल्टिमिडियाको सहयोग लिन थालेको बताए। यस कार्यमा उनका सङ्गीत पक्षका सहयोगी समीर शर्मालाई पनि मञ्चमा बोलाएर परिचय गराए।

हलको बत्ती बन्द गरियो…, शुरू हुन्छ “भ्रमपहाड”…, बज्छ भ्रम पहाडको साइरन उपनिवेशवादीहरूलाई होशियार गराउँदै।

कविताको प्रत्येक लाइनले मुक अँध्यारो चिर्दै थियो, “सुनमायाको पहाडी गर्भमा चे ग्वेभाराको खनाती छ…” अङ्ग्रेजी सब-टाईटलले त्यहाँको वातावरण चिसो बनाउँदै लग्यो। “चौरस्तामा घिसिङ, बिमल, मन र विनयहरू लीला नाच्दै गर्दा टोल-टोल अस्तित्व युद्धको नाटक खेल्छ हन्ड्रेड डेज, इन्दिरा आवास, प्रधान मन्त्री ग्राम सडक योजना…” दर्शकले बुझ्दै थिए, आन्दोलन रोकिएको होइन केवल बिसाएको हो भनेर।

“हजुर के दर्शक बोल्न पाउँछ? …चुप साले….” सबै चुप थिए। यो प्रस्तुति पहाडमा भएको भए जाडो महिनामा पनि वातावरण गर्मिएको हुन्थ्यो होला तर सिलगढीमा सबै चिसिँदै गएको थाहा लाग्दैथियो।

यसको लगत्तै पछि अर्को मल्टिमिडिया पोएट्री चल्न थाल्छ स्क्रीनमा… “इन्काउन्टर”…। “सखारै इन्काउन्टरमा भाषा मारिएको खबर हेडलाइनमा छ आज र लावारिस लडिरहेको त्यो भाषाको लाशले पर्खिरहेको छ आफ्नै पोस्टमार्टम तारिख…” “बास माग्दा घर किन जलाउँछ, जस्टिस माग्दा टेरोरिस्ट किन भनाउँछ” राजाको कविताले जति चिच्याउन थाल्यो अघि नै चिसिएको त्यहाँको वातावरणमा काँडा उम्रिँदै गएको थियो।

केहिदिन अघिमात्र स्टुडियो साउण्ड ट्रेकका समीर भाईले युट्यूबमा अपलोड गरेको नेपाली साङ्गीतिक संसारका महान विभूति स्व० अम्बर गुरुङको निबन्ध ‘कहाँ गए ती दिनहरू’ सुनेको थिएँ। त्यसमा भएको अम्बर गुरुङको एउटा भनाई राजा पुनियानीसँग ठ्याक्कै मेल खाएको देखें। गुरुङ भन्थे, “स्रोतालाई आफूतिर तानेर पाएको तन्मयताको प्रतिक्रियात्मक प्रबलताले मात्र गायकले प्रभावको प्रभुत्व जन्माउन सक्छ”।

राजा गायक होइन, कवि हुन्, गाउने कवि हुन्। तर अहिले राजाले कविता पाठकलाई पठनको निम्ति मात्र नछोडेर सुनाउने अनि सुनाएर कविताले जन्माउन सक्ने प्रतिक्रियात्मक प्रबलताले वर्तमान सोच्न बाध्य पार्ने काम गर्दैछन् मल्टिमिडिया पोएट्रीको सहायताले। त्यसैको प्रभाव थियो, “पहिलो दार्जीलिङ साहित्यिक भेट २०१८” –को त्यो कोठा सिलगढीको गर्मीमा पनि चिसिएको थियो।

कविता सकियो। बत्ती बल्यो। करैले केही चिसा थप्पडीहरू बजे। उनीहरू मध्ये धेरैको मनलाई सायद यहाँ, यो कसरी भयो भन्ने प्रश्नले थिचिरहेको थियो होला। धेरैले सायद हाम्रो दुखाई बुझ्ने पहिलो अवसर पाएका थिए होला अनि त्यस्ताहरूको अघि हामी सही पाटोमा उभिएको पनि थियौं होला। हामीलाई केही अपेक्षा थिएन, हामी त्यहाँबाट निस्कियौं। कमै बजेको चिसो थप्पडीमाझ निर्धक्क उभिएको थियो पुनियानीको माटो कविता। हामी कम थप्पडीमा पनि ठूलो छात्ती बनाएर त्यहाँबाट प्रस्थान गऱ्यौं। पछि के चर्चा भयो त्यहाँ थाहा भएन….

मलाई विश्वास छ, त्यसपछि विचार गर्नेहरूको टाउको पक्कै पनि फनफनी घुम्न शुरु भयो।

Via Times Doors

भाजपाले ममतासँग साटो फेर्न मात्र विमल गुरुङलाई प्रयोग ग-यो। – विनिता रोका

11:59 AM

28th March 2018

दार्जीलिङ, २७ मार्च। मोर्चा नेत्री विनीता रोकाले विनय तामाङ र अनीत थापालाई समर्थन जनाएको छन्। गत वर्षको गोर्खाल्याण्ड आन्दोलनको बेला रोका गोर्खा जनमुक्ति नारी मोर्चा, दार्जीलिङ महकुमा समिति अध्यक्ष साथै प्रवक्ताको पदमा थिइन्। तिनी निकै दिनदेखि घरबाहिर थिइन् भने मंगलवार अचानक दार्जीलिङ प्रेस गिल्डमा पत्रकारहरूलाई सम्बोधन गर्दै तिनले विनय र अनीत गूटलाई समर्थन जनाइन्।

गत आन्दोलनको बेला पहाड़लाई भयानक अवस्थाबाट निकाल्न र जनतालाई बचाउन विनय तामाङ र अनीत थापाले उठाएको कदम प्रशंसानीय रहेको रोकाले बताइन्। १०४ दिनको पहाड़ बन्द र आन्दोलनलाई पहाड़को जनताले साथ दिएको हो भन्दै तर भूल नेतृत्वको कारण पहाड़को अवस्था भयानक भएर गएको हो भन्दै तिनले भावुक हुँदै पहाड़को जनता अनि शहीद परिवारसँग क्षमा मागिन्।

१०४ दिनको पहाड़ बन्द र आन्दोलनको कार्ययोजनाहरू केही नभएको बताउँदै रोकाले नेताको मोहम्मद बिन तुघलकको जस्तो कामले गर्दा पहाड़को जनताले दुःख पाएको अनि १३ जना शहीद भएको जनाइन्। भारतीय जनता पार्टीले बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीसँग साटो फेर्न विमल गुरुङलाई प्रयोग गरेको अनि दार्जीलिङ पर्वतीय क्षेत्रको भयानक स्थितिप्रति केन्द्रको भाजपा सरकारले वास्ता नगरेको रोकाले आरोप लगाइन्।

बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले गोर्खाल्याण्डको मागलाई गणतान्त्रिक माग रहेको बताउँदै यो केन्द्र सरकारको अधीनस्थ विषय रहेको बताइसकेकी छन् तर केन्द्रमा भाजपाको पूर्ण बहुमतको सरकार हुँदाहुँदै पनि भारतीय गोर्खाहरूबारे यसले एक शब्द पनि नबोलेको रोकाले आरोप लगाउँदै अब आउने चुनाउहरूमा गोर्खाहरूलाई भाजपालाई भोट नदिने अपील गरिन्। ममता ब्यानर्जीले जीटीए सभा दिएको तर चलाउने मान्छेले चलाउन नजानेको तिनले भनिन्।

भारतीय जनता पार्टीले भारतीय गोर्खाहरूलाई सपना देखाएर त्यसलाई विपनामा परिणत गर्ने कार्य कहिले नगरेको र केन्द्रको भाजपा सरकारले पहाड़को जनतालाई लथालिङ् बनाएको र पहाड़को जनतालाई मान्छे गन्ती नगरेको रोकाले आरोप लगाइन् ।

आन्दोलनकालमा पुलिस-प्रशासनले शान्ति व्यवस्था बनाउन कदम उठाएको तर गणतान्त्रिक आन्दोलनप्रति कार्वाही नगरेको तिनले दावी गरिन्। विनय तामाङ र अनीत थापाले पहाड़ो जनतालाई सुरक्षा प्रदान गरेको, यदि तिनीहरूले यसो नगरेको भए पहाड़को अवस्था अर्कै भएर जाने तथा लाखौं मानिसहरू घर-परिवार अनि गाउँ छेडे जानुपर्ने अवस्था आउने थिया, तिनले भनिन्। आफ्ना कतिपय साथीभाइहरू स्वाभिमानको कारण घर फर्की आउन नसकेको बताउँदै विनीता रोकाले तर तिनीहरूलाई आफ्नो परिवार सम्झेर घर फर्किने आह्वान गरिन्।

स्रोत :  हाम्रो प्रजाशक्ति

बारूद थापा बने गोजयुमोका केन्द्रिय उपाध्यक्ष विमलको अदूर्दशिताको कारण जनताले दुःख पाए- बारूद

7:20 PM

प्रतिविम्ब न्यूज
दार्जीलिङ 28 मार्च।

गत 104 दिनको आन्दोलनकालभरि भूमिगत रहेका बागी नेता बारूद थापा पनि आधिकारीकरूपमा अब विनय तामाङ खेमामा सामेल भए। विमल खेमामा रहेर आन्दोलनकालभरि भूमिगत अवस्थामा रहेका बारूद थापाले केही महीनाअघिमात्रै सार्वजनिक हुँदै विनय तामाङलाई समर्थन जनाएका थिए। विमल गुरूङको समयमा कालेबुङका प्रभावशाली नेताको रूपमा ख्याति कमाएका थापालाई हालमा त्यति सक्रिय नदेखिएतापनि आज उनलाई पुनः गोर्खा जनमुक्ति युवा मोर्चा केन्द्रिय समितिको उपाध्यक्षको रूपमा नियुक्त गरिएको छ। गोजयुमो केन्द्रिय समितिका पदाधिकारीहरूले आज गोजमुमो अध्यक्ष विनय तामाङसित एक औपचारिक सभा बसेका थिए भने सोही सभापछि बारूद थापालाई युवा मोर्चा केन्द्रिय समितिको उपाध्यक्षको रूपमा नियुक्त गरिएको हो।

गोजयुमो केन्द्रिय उपाध्यक्ष नियुक्त हुनसाथ उनले आज पत्रकारहरूसमक्ष विमल गुरूङको रणनीतिविहीन आन्दोलन अनि अदूर्दशिताको कारण पहाड़को जनताले हुनसम्मको दुःख पाएको बताए। विमल गुरूङको रणनीतिबिनाको आन्दोलन अनि अदूर्दर्शिताको कारण पहाड़को जनताले हुनसम्मको दुःख पाए। त्यस्तो परिस्थितिबाट विनय तामाङ अनि अनित थापाले पहाड़लाई बाहिर निकाल्ने काम गरेको छ। उनीहरू दुईको कारणले गर्दा नै पहाड़ अहिले शान्त भएका छन्। पहाड़वासीले राहतको सास फेरिरहेका छन्। यसको निम्ति म सम्पूर्ण पहाड़वासीको पक्षमा विनय तामाङ अनि अनित थापालाई धन्यबाद पनि दिन्छु, पत्रकारहरूलाई सम्बोधन गर्दै बारूद थापाले आज यसो भने।

विनय तामाङ अनि अनित थापाले पहाड़लाई बचाउने जुन सराहनीय काम गरेको छ त्यसलाई हेरेर पनि पहाड़को जनताले उनीहरूलाई समर्थन गर्नुपर्छ, थापाले यसो पनि भने।

उल्लेख्य, हिजोमात्र आन्दोलनकालमा निक्कै सक्रिय देखिएका तथा लामो समयसम्म भूमिगत रहेका गोजमुमो नेत्री विनिता रोकाले पनि विमल गुरूङमाथि यस्तै आरोप लगाउँदै विमल गुरूङलाई मोहम्मद बिन तुघलगको संज्ञा समेत दिएका थिए भने आज लगत्तै बारूद थापाले पनि यस्तै आरोप लगाएका छन्।

बारूद थापालाई केन्द्रिय उपाध्यक्षको रूपमा पाउँदा आफूहरूलाई धेरै खुशी लागेको उल्लेख गर्दै युवा मोर्चा शीर्ष नेतृत्त्वहरू क्रमैले केन्द्रिय अध्यक्ष अमृत योञ्जन, महासचिव तिलक छेत्री अनि केन्द्रिय प्रवक्ता अरूण छेत्रीले पनि उनलाई पार्टीमा स्वागत गरेका छन्। बारूद थापासित आज यी तीनैजना नेतृत्त्वहरू पनि पत्रकारहरूसमक्ष उपस्थित रहेका थिए।

फोटोः पत्रकारहरूलाई सम्बोधन गर्दै बारूद थापालगायत अन्य शीर्ष युमो नेताहरू।

_ म पनी जाने Rising Star*

6:37 AM

लगातार 104 दिने पहाड बन्द भएपछि
13 जना भगत सिगं सहिद भएपछि
हजारौ क्रान्तिकारी जेल गएपछि
गोर्खाल्याण्डका आवाजहरू भूमिगत् भए पछि
"म पनी जाने Rising Star*,

ऐतिहासिक बन्द बेअर्थ फिर्ता लिएपछि
क्रान्ती थन्काएर शान्ति रोजे पछि
उन्मुक्ति संग डेभ्लपमेन्ट साटे पछि
सहिद परिवारले सहिदको ज्याला पाए पछि
'म पनी जाने Rising Star*

विभिषणहरू लकां गए पछि
सत्तामोहले दासत्व श्विकारे पछि
उर्दिवालाहरूको तन्खा र पदोन्नती भएपछि
मरौ घरमा उत्सव राखे पछि
_म पनी जाने Rising Star*

(Note- मलाई नाँच्न र गाउँन त त्यती आउँदै तै पनी Rising Star* को खिताब जित्न कवि अगमसिंह गिरी द्वारा रचित तथा स्व अम्बर गुरूङको सगींत र स्वर भएको यो गीत अभ्यास गर्दैछु।

'गीतको बोल यस्तो छ_

हो, नौ लाख तर उदाए, धर्तीको आकाश हाँसेछ।
शरद लाग्यो बनमा, फुलले प्रीति गाँसेछ।
नजली यहाँ झिलिली, मनको तारा निभेछ।
गुराँस फुल्यो पहाडमा, मनको फुल झरेछ।
नसम्झ आज नेपाली, सन्चोले यहाँ बाँचेको।
काँडा कै माझ पहाडी, छैन र कहाँ हाँसेको…२।
सुनको सपना आँसुमा, किन हो बाँधील्यायौ नि।
घरको माया बिर्सेर, किन पो यहाँ आयौ नि…२।

हो, मुटुको रगत एउटै हो, पिरको वह बेग्लै छ।
हामीलाई यहाँ चिन्यौ कि, मनको चोट बेग्लै छ।
नियाली हेर हामीलाई, भिजेको छैन परेला।
आँसुले गह भिजाए, अरुले निर्धा सम्झेला।
बुझ्छ र कस्ले रोएको मुटुमा काँडा लिएर।
अरुका सारमा हाँसेको, आँसुका घुट्का पिएर…२।
पहाडी फुल नफक्री, किन हो चुँडिल्यायौ नि।
मनको आगो निभाउन, किन पो यहाँ आयो नि…२।

-(हार्दीक श्रद्दा सुमन, स्व कवि अगमसिंह गिरी, स्वर्गीय अम्बर गुरुङ, अनी गोर्खाल्याण्ड आन्दोलनमा होमिएका सहिदहरू प्रति।)

-एक जातिय कलाकार

दार्जीलिंग थाना इनचार्ज सौम्यजित रोई केशमा राहत को खबर

7:53 PM

बिगत दिन मा दार्जीलिंग सदर थाना इनचार्ज सौम्य जित रोईको गोर्खे सन्तान साथै नारी माथि गरेको अभद्र टिप्पणी साथै धम्कि बिरुद्ध GSSS ले Indian Union Cabinet Minister for Women & Child Development श्रीमती मेनुका गान्धीलाई अर्जी चडाएको थियो भने उनले उक्त केशमाथि कारबाहीगर्दै होम मिनिस्ट्रीलाई यसको छानबिन गर्ने साथै उचित कारबाई गर्न निबेदन पठाएकी थिए . आज उक्त केसको फलोअपमा GSSS द्वारा राष्ट्रिय प्रबक्ता अन्जनी शर्मा सहितको टोलिले National Commission for Women का Chairperson श्रीमती रेखा शर्मा लाई भेट गरेर उक्त केशमा यथा शीग्र हस्तछेप गर्दै नारीमाथि भएको यो अत्याचार बिरुद्ध कारबाई गर्ने साथै अझ सम्म जेलमा थुनिएका निर्दोष नारीहरु लाई यथाशिग्र छोडिनु पर्ने मांग राखे।

श्रीमती रेखा शर्मा सित भएको वार्तामा उनले आफु उक्त केश लिएर गम्भीर रहेको अनि अति चाडो नै उनि आफु नै दर्जील्लिंग जाने अनि केशको छानबिन गर्ने बचन दिएभने गोर्खा हरु लाई उनको दार्जीलिंग भ्रमण अवधि उनको साथ् दिने निबेदन पनि गरे। उनको उत्सुकतालाई देखेर अब यो केशले सकारात्मक बाटो पाउने साथै हाम्रो नारीहरु सित न्याई हुने कुरोमा GSSS विश्वस्त छ भने न्याई नपाए सम्म संघर्ष जारी  रहने छ .

Via GSSS

AM I FROM NEPAL ?

8:20 PM
AM I FROM NEPAL ?
मैले तीनपल्ट सोधें गोवामा...

“POET SUBASH RAI SOTANG FROM NEPAL”  भनेर मलाई दुइपल्ट भनिएपछि मैले “AM I FROM NEPAL? “ भनेर तीनपल्ट सोधें गोवामा | साहित्य अकादमीद्वारा पणजीको कला अकादमी सम्मेलन कक्षमा सम्पन्न भएको ‘Symposium On Contemporary North-East Indian Literature and Poet Meet’ कार्यक्रममा म पनि Indian Nepali Poet को रुपमा उपस्थित थिएँ | तर जब कार्यक्रम शुरु भयो तब उपस्थित कविहरूलाई मंचमा बोलाउने क्रममा कार्यक्रमकी उद्घोषिकाले मलाई “Poet  Subash Rai Sotang  from Nepal” भनेर बोलाइन् | त्यतिमात्र होइन फेरि पछि कविता वाचनको निम्ति बोलाउँदा पनि त्यही ठेगाना दोहोराइन् |

आयोजकवर्गले भनेअनुरूपनै आफ्नो सम्पूर्ण ठेगाना लेखिएको बायोडाटा अघिबाटै उपलब्ध गराउँदा – गराउँदै पनि आफुलाई ‘नेपालबाट आएको कवि” भनिँदा चुप लागेर नूनको सोझो बन्नु मलाई मेरो मनले दिएन र नै हामी भारतीय नेपाली कविहरू धरीलाई लाग्ने ‘मेड इन् नेपाल’-को छाप हटाउन तथा आफ्नो असली परिचयबारे उनीहरूलाई अवगत गराउन मैले आफ्नो बोल्ने पालो आएपछि आफू नेपालबाट आएको लेखक नभएर भारतीय नेपाली लेखक भएको कुरा स्पष्ट पार्ने सक्दो कोशिश गरेको थिएँ | जुन कुरा त्यहाँ उपस्थित ‘Times of India’ (TOI)-की रिपोर्टरले गोवा पेजमा अलिक अधमरो रुपमा प्रकाशित गरिछिन् अनि त्यही खबर यता ‘Darjeeling Times’-ले पनि आफ्नो वालमार्फत प्रचारमा ल्याएपछि आफ्नो-आफ्नो बुझाइअनुसार विभिन्न प्रतिक्रियाहरू पनि हुँदैरहेछन् | आफ्नो मोबाइलमा भने आफ्नो स्टाटस मात्र हेर्न सकिने सुविधा हुँदा बाहिर के हुँदैछ समयमा थाहै भएन | आज घर आइपुगेपछि त्यो अपुष्ट खबर र त्यसमाथि भएको बुझाइको बाझोलाई ध्यानमा राख्दै त्यहाँ मैले आपत्ति जनाएको सत्यताबारे स्पष्ट पार्न बसें |

जानेर हो कि अन्जानमा हो उद्घोषिकाले मेरो ठेगाना स्पष्टरुपले ‘नेपाल’ बताए पछि प्रतिक्रियास्वरुप मैले मेरो कुरा मंचबाट यसरी राखेको थिएँ –
“Seeking your prior permission, First of all I would like to clarify regarding my address. (यतिबेलै मसितै मंचमा आसीनहरूमा कसैले ‘Yes Yes address was wrong’ पनि भन्दै थिए, म बोलिरहें)-  It was announced from here that I m from Nepal. Am I from Nepal  ? Am I from Nepal ? Am I from Nepal ?  (यसरी मैले तीनपल्ट सोधें, यसबेला मंचमा आसीनहरूमध्ये केहीले भन्दै थिए – “No, No, No”)

Is  Nepal a part of India ?
Is Nepal a part of India ?

(मैले दोस्रो प्रश्न यसरी दुइपल्ट गरें अनि आवाज पनि सुन्दै थिएँ –“No, No, No.” म बोलिरहें)- Here we are talking about ‘Contemporary North-East Indian Literature’ (दोहोर्याउंदै फेरि भनें)- ‘Indian Literature’ And I have been invited here as an Indian Nepali writer. Then how could you say that I am from Nepal? Of course, I speak Nepali, My own language Is Nepali. But I am a Nepali speaking Indian Citizen, and my country is India. Please don’t make me a Nepali foreigner. (यसबेला मुखैमा आयो हिन्दी, भन्दिएँ हिन्दीमा पनि) – हमे विदेशी मत बनाइए | I am from Darjeeling, which falls in India under West Bengal State. (फेरि हिन्दीमा भनिदिएँ)  “ कृपा करके इंडिया का हिस्ट्री, जोग्राफी, राजनीति मत बिगारिएगा, प्लिज |”

त्यसपछि ती उद्घोषिकाले धेरैचोटि मंचबाटै माफी मागिन् अनि आफ्नो उद्देश्य तेस्तो नभएको बताइन् | वास्तवमा प्रोग्राम लिस्टमा नामको पछि ब्रेकेटमा ‘नेपाली’ लेखिएकोले गर्दा तेसो हुनगएको भन्ने आलटाले जवाब दिनथालिन् | मैले प्रतिक्रियामा भनें – “What people think and speak about us in the market because of their misconception, We don’t care but this is an official programme, So this type of error should not  happen.”

कार्यक्रमपछि पनि तिनले व्यक्तिगत रुपमा भेटेर मलाई स्पष्टिकरण दिने कोशिश गरिन्, क्षमा मागिन् | असम, मणिपुर, बोडो साथीहरूले पनि राम्रो जवाब दिएकोमा धाप मार्दै बधाई दिए | उत्तर-पूर्वी राज्यवासीहरूलाई देशले हेर्ने दृष्टिकोण अझ पनि सही नभएको कुरा गरे तिनीहरूले | त्यसरी नै कविगोष्ठी सत्रका अध्यक्ष तथा सुप्रसिद्ध कोंकोणी लेखक पुंडलिक नायकले त मेरो भनाइलाई आधार गर्दै यो देशमा कतिपय जातिलाई घरी घरी आफूहरू राष्ट्रवादी भएको प्रमाण दिइरहनु पर्ने बिडम्बना रहेको प्रसंगको उल्लेख गरे | उनले देशलाई टेरिटोरी मात्र चाहिएको तर त्यहाँको मानिस नचाहिएको झैँ लाग्छ पनि भने | यस्तो कुरा लिएर पनि उत्तर-पूर्वी क्षेत्रका कलमकारहरूले कलम चलाउनु पर्ने उनले बताए |
“समकालीन नेपाली साहित्य”- माथि वार्ता दिन आएका असम तेजपूरका लेखक ज्ञानबहादुर छेत्रीले पनि खुसी हुँदै मलाई भने –“ फलाम तातिएकै बेलामा प्रहार गर्नुपर्छ, अरुबेला गनगन गरेर हुँदैन | तपाईंले ठिक ठाउँमा ठिक्क बोल्नुभो |” उनले अझै भने –“ त्यो उद्घोषिकालाई त रिसाउनु होइन धन्यवाद पो दिनुपर्छ होला अब, कारण उसैको कारणले त तपाईंले हाम्रो कुरा स्पष्ट संगले राख्ने मौका पाउनुभयो |”
मैले पनि कता कता सम्झिएँ – ‘हो त’|

कुरा यसो भाको थियो | त्यसपछि ती टाइम्स अफ इन्डियाकी रिपोर्टर मलाई खोज्दै आइन् र इन्टरव्यु लिन थालिन् | उनी पनि मलाई सोध्छिन् “तपाईं कहाँ जन्मेको भनेर |” मैले म त के मेरो बाजे-बराजु जम्मै दार्जीलिंगमा नै जन्मेका हुन्” भनेर बताइदिएँ | भनिदिएँ- We are the architect of modern India. But people have misconception regarding us because of Indo-Nepal reciprocal treaty and open border.

(अरु थुप्रै कुरा भनें  क्रमश: लेखुँला |)

Note - This is what Poet Subash has posted on  Facebook 

Via POET SUBASH RAI SOTANG

 
Copyright © Indian Gorkhas. Designed by Darjeeling Web Solutions