२०१औं भानु-जयन्तीको सुसन्देश

Nahakul Chhetri

सन् १८१४मा तनहूँ जिल्लाको रम्घा गाउँमा जन्म लिने भानुभक्त आचार्यलाई नेपाली साहित्यमा आदिकविको रूपमा मानिन्छ| भानुभक्त अघि पनि धेरै कविहरू थिए जस्तै-इन्दिरस, विद्यारण्यकेसरी अर्याल, हिनव्याकरणी आदि, तर उनीहरूको भाषा शुद्ध थिएन|भानुभक्तले नेपाली भाषा सरल,सरस औ शुद्ध बनाई त्यही मिठास रूपमा नेपाली रामायण जनसमूहलाई समर्पित गरे| यसलाई बाल,बनिता औ वृद्ध सबैले आत्मसाथ गरे|


नेपाली समाजलाई शिछाको ज्योति प्रदान गर्ने भानुभक्तलाई सम्मान गर्ने काम सर्वप्रथम दारजीलिड•बाट ग्यावली, पारसमणि औ धरणीधरहरूले गरे औ उनीहरूकै प्रयासमा चौरस्तामा भानुभक्तको bust निर्माण भयो| तर हालमा दार्जीलिड• पहाडमा भानु जयन्ती त्यो उत्साह औ उल्लाससाथ सायद विरलै मनाइन्छ| जहाँ अन्य समुदायका मानिसहरू आ-आफ्ना जातीय साहित्यकारहरूलाई सह्रदयबाट इज्जत गर्छन् भने दार्जीलिड• पहाडमा “सूचना औ विभाग” मन्त्रालय,GTA,ले करले कार्यक्रम गरछन् भने प्राय सबै स्कुल, कलेज तथा सरकारी संस्थानहरू बन्द गरिन्छ|
साहित्यिक संस्थाहरूमध्ये पनि विशिष्ठ साहित्यकारहरूलाई आफ्नो संस्थामा ल्याउने होड़बाजी देखिन्छ|नेपाली साहित्य एउटा व्यपार नभएर समाजसेवा भएकोले हाम्रा विशिष्ठ साहित्यकारहरू त्यस ठाउँमा जान आवश्यक छ जहाँ भानुभक्त र नेपाली भाषाको प्रचार जरूरी छ|फेरि कतिपय संघ -संस्थाहरूमा भानु-जयन्ती कम तर पुस्तक विमोचन बढ़ी देखिन्छ|
समयको गति अनुसार नेपाली साहित्य अघि बढ़िरहेको छ औ यो गति द्रुत हुन अत्यावश्यक छ| जहाँ अन्य समुदायमा कुनै समारोह मानिलिऊ-“गाँधी जयन्ती” मा गाँन्धी केन्द्रित कार्यक्रम हुन्छ|
1974AD ले “पिञ्जराको सुँगा”,”आमाको सपना” तथा अम्बर बहादुर गुरूड•ले अगमसिंह गिरीका “नौला तारा उदाय” लाई गीती रूप दिएका छन्| यस्तै प्रकारले भानुभक्तलाई केन्द्र बनाएर वहाँको श्रद्धा अनुरूप श्लोक ,pop, hip hop ,blues, jazz तथा heavy metal गीत भने नाटक तथा कविता आवृत्ति गरे सायद भानुभक्त केन्द्रित कार्यक्रम हुनसक्छ औ न्याय-संगत पनि देखिन्छ|
भानुभक्तको२००औं जन्म जयन्ती उपलछ्यमा वहाँका खनाति र खनातिनी व्रतराज आचार्य औ प्रभा भट्टराई दार्जीलिड• भ्रमणमा आउँदा पहाडको खुलेर प्रशंसा गरेका थिए| फेरि ममता बनर्जीले पुरै साल २०१४ भरी भानु जयन्ती मनाउने वाचा गरेकी थिई जुन उसले पुरा गरिन|
भानुभक्त हाम्रा जातीय कवि हुन्| हामीले उनको श्रद्धा गर्नु नेपाली समाजको सभ्य प्रतिरूप प्रस्तुत गर्नु हो| हामी सबै मिली स्वच्छ ह्रदयबाट आदिकविको श्रद्धा गरौं|


Share this:

 
Copyright © 2024 Indian Gorkhas Designed by Darjeeling Web Solutions