गोर्खा राष्टिय मुक्ति मोर्चाको अधक्ष्य मन घिसिंङ्गलाई मिरिक सैरेनी अनि पानीघट्टामा भब्य स्वागत

– दीप मिलन प्रधान

गोर्खा राष्टिय मुक्ति मोर्चाको अधक्ष्य मन घिसिंङ्गलाई मिरिक सैरेनी अनि पानीघट्टामा भब्य स्वागत जनायो । गोरामुमोले जनताको समर्थन जुटाउंको लागि आज देखि समस्टी भ्रमण शुरू गरे I गोरामुमोको तत्कालिन सुप्रिमो स्वर्गीय सुबास घिसिंगको समस्टी मिरिकमा आज उनको छोरा अनि पार्टी को वर्तमान अध्यक्ष मन घिसिंगले समस्टी भ्रमण शुभारम्भ गर्यो I

समस्टी भ्रमणको क्रममा आज बिहान पार्टीको समस्त कार्यकर्ताहरुले सडकको दुई किनारमा लामो मनीसहरुको भीड़ले उनलाई माला अर्पण गर्दै ,जय गोर्खा जय सुबास,जय मन घिसिंगको नारा लगाउँदै पार्टी कार्यकर्तहरु र गोरमोमु समर्थकहरु मिरिक बज़ार को परिक्रमा गर्यो अनि र बज़ार अवस्थित सुकक्रता भवनमा एक स्वागत सभामा परिणत भए पछि उनले सौरेनी समस्टीमा पनि मानिसहरुको अभिवादन स्वीकार गर्दै यसरी नै गोरामुमोको गड मानिने तराईको पानीघाटा बजारमा आयोजित जनसभामा पुगी जनसभामा सम्बोधन गर्दै पार्टीको अध्यक्ष मन घिसिंगले पार्टीको एक मात्र उदेश्य समस्त गोर्खा जातिको संबैधानिक व्यवस्था प्रदान गर्नु को तर, वर्तमान समयमा दार्जिलिंग पहाडमा यस्तो राजनीति भैरहेको छ कि,गोर्खाल्याण्ड मागी खाने भाड़ा झै बनाएको आरोप लगाउदै उनले भने की, गोर्खा जाति भीख माग्ने जाति होइन तर यहाँको सत्तारुड दलले गोर्खाल्याण्ड मागी खाने भाड़ा बनाएको छ छठी अनुसूची जस्तो संबैधानिक व्यवस्था प्राप्तिको लागि पहाडको जनता एकजुट भै अघि बढ्ने आवश्यकता हुनुमा जोर दियो I

गोर्खा राष्टिय मुक्ति मोर्चाको अधक्ष्य मन घिसिंङ्गलाई मिरिक सैरेनी अनि पानीघट्टामा भब्य स्वागत
गोर्खा राष्टिय मुक्ति मोर्चाको अधक्ष्य मन घिसिंङ्गलाई मिरिक सैरेनी अनि पानीघट्टामा भब्य स्वागत

घिसिंगले मुख्य वक्ताको रुपमा सम्बोधित गर्दै भने कि,गोर्खा जातिको सपनालाई साकार गर्ने समय आईसकेको छ आफ्नो अप्पाको सपना पनि पूरा गर्ने समय आएको दावी गरे I उनले ,जीटिए जस्तो असंबैधानिक व्यवस्था लिएर गोर्खाको सपना अधुरो राख्ने सड्यन्त्र देखि जनता होशियार रहने आवहान गरे Iपानीघाटा शाखा अध्यक्ष सचित गहतराजको अध्यक्षतामा सम्पन्न जनसभालाई सम्बोधित गर्दै घिसिंगले भने पहाड को सड्यन्त्रको जाल देखि मुक्त हूनको लागी समस्त पहाडको जनता सचेत भै छ्टौ अनुसूची लागू गर्नको लागि केन्द्र सरकारलाई बाध्य बनाउने जोड़ दिए I

युद्द छेत्रीले संचालन गरेको जनसभामा अन्य वक्ताहरुले छ्टौ अनुसूची जस्तो संबैधानिक व्यवस्थाको लगी जनताको समर्थन महत्वपूर्ण छ भन्दै असंबैधानिक जीटीए व्यवस्था थापने गोजमुमो गोर्खा बिरोधी नीतिको तीब्र आलोचना गर्दै जनता होसियार हुनु जरुरि छ भनि बताए I यहाँ मिरिक देखि आज शुरु भएको समस्टी भ्रमण मा पार्टीकर्मठ सदस्य एव अधिवक्ता निरज जिम्बा ,लगायत ऋषि थापा, -ट्रेड युनियन के केन्द्रीय महासचिव बालकृष्ण शर्मा ,कर्सियांग ब्रान्च कमिटिको सचिव रबिन लामा ,अनि अन्यले पनि बक्तब्य राखे I

[फोटो:दिप मिलन प्रधान अनि सचित घतराज ]
Via TheDC

Share this:

 
Copyright © 2024 Indian Gorkhas Designed by Darjeeling Web Solutions