भारत एउटा गणतान्त्रिक देश हो अनि यहाँ सबै नागरिकलाई अभिव्यक्तिको स्वतन्त्रता प्राप्त छ । तर अभिव्यक्तिको स्वतन्त्रताको आढ़मा कसैले पनि अनर्गल अनि जातिलाई नै भड़खालोमा हाल्ने प्रकारको वक्तव्य दिन्छ भने त्यो कुरो सहन गर्नु हुँदैन । चाहे त्यो व्यक्ति कुनै राज्यको मुख्य मन्त्री नै किन नहोस् । आज पनि हामी बोलेनौँ भने कहिले पनि बोल्नसक्ने छैनौँ । पवन कुमार चामलिङलाई हामी भारतका गोर्खाहरूले एक जातीय विभूतिकै रूपमा सधैँ हेर्ने गरेका छौँ । भारतका प्रत्येक राज्यका गोर्खाहरूले नै चामलिङलाई एक उद्धारकर्ताको रूपमा हेर्ने गर्दछन् । सर्वभारतीय स्तरमा चामलिङको नेतृत्वको सपना देख्नेहरू पनि धेरै नै छन। तर आज चामलिङले गोर्खाहरू नेपालबाट भारतको सेनामा काम गर्न आएका हुन् भन्ने उट्पटाङ विचार पोखेर गोर्खा जातिको घोर अपमान मात्र गरेका छैनन् तर आफ्नै छविलाई पनि धुल धुसरित बनाएका छन् । साथै भारतका गोर्खा अनि सिक्किमका नेपालीलाई पृथक-पृथक बताएर जाति विभाजनको घिनलाग्दो प्रयास पनि चलाएका छन् ।
यदि चामलिङले “हामी सिक्किमे नेपाली हौँ” भन्छ भने हामीलाई कुनै समस्या छैन, यो उनको व्यक्तिगत विचार हो । तर भारतका सम्पूर्ण गोर्खाहरूलाई नै इंगित गरेर यिनीहरू नेपालबाट भारतीय सेनामा काम गर्न आएर गोर्खा भएका हुन भन्ने आशयको मन्तव्य पोख्ने चामलिङको कुनै अधिकार छैन । सिक्किमको सत्तामा आफ्नो वर्चस्व कायम राख्नलाई गोर्खाको जातीय इतिहासलाई नै गलत बताउने यस कुत्सित प्रयासको हामीले कठोर शब्दमा भर्त्सना गर्नैपर्छ । यदि आफ्नो राजनैतिक शतरंजको बाजीमा गोर्खा जातिलाई मोहोरा बनाउन चाहन्छ भने त्यसको दूरगामी नतिजा भोग्नको निम्ति पनि चामलिङ तयार बस्नु पर्छ ।
परायाहरूले लगाएका घातहरू अनि दिएका चोटहरूले थिल्थिलो भएको गोर्खा अस्मितामाथि आफ्नैले थपेको यो विवेकहीन प्रहारले आज भारतका हतभागा डेड़ करोड़ गोर्खाहरू मर्माहत् बनेका छन् ।
भारतका सम्पूर्ण गोर्खाहरूको शिरमौर बन्नसक्ने चामलिङ यदि रम्फू खोलाको पारिको सानो क्षेत्रको मात्न नेता भएर बाँच्न चाहन्छन् भने यो उनको निजी मामला हो तर त्यो नेतृत्वलाई बचाइराख्न सम्पूर्ण जातिको भूत, वर्तमान अनि भविष्यसित खेलवाड़ गर्न चाहन्छ भने त्यो हामी कुनै हालतले पनि हुन दिने छैनौँ । मुख्यमन्त्रीको ओहोदालाई दिएको आदरभावलाई हाम्रो समर्पण सम्झिने भूल नगरियोस् ।
हामी गोर्खा हौँ भन्ने भारतका समस्त संघ-संस्था-संगठनहरू अनि व्यक्तिहरू मिलेर यस कुराको ठाड़ो विरोध गर्नै पर्छ । सत्ता मदमा जातिको हित र मर्यादाको पनि ख्याल नराख्ने मुख्यमन्त्रीलाई यो जातिघातक वक्तव्यई फिर्ता लिने अनुरोध अनि भएन भने चाप पनि दिनै पर्छ ।
याद राख्नोस् – अब पनि हामी बोलेनौँ भने कहिले पनि बोल्नसक्ने छैनौँ !!!(सभार पूर्वान्चल भारती)
गोर्खा भारती विचार मञ्च
SIMILAR ARTICLES
सम्पूर्ण चिया कमानहरुमा काम बन्द गर अनि श्रमिकहरुलाई बन्द अवधीको वेतन देऊ! DTA अनि CCPA को दार्जीलिङ पहाड़को चियाकमानहरुमा काम संचालित राख्ने कोशिशको घोर निन्दा गरौं! विश्वलाई त्रासित बनाएको कोरोना भाइरसको महामारी विरुद्ध हर एक देश अनि संस्थाहरु एकबद्ध भएर सक्रिय रुपमा काम गरिरहेका छन्। हाम्रो देशमा पनि यो भाइरसको विस्तारलाई रोक्नको निम्ति सरकारले कतिपय […]
Racism in the time of Corona! Nothing can be an excuse to be Racist! As the pandemic of Corona virus is spreading throughout the world, it is not only spreading fear but also bringing forth the worst face of Racism across the world. The Asian communities residing in Europe and US are facing constant hostility […]
Gorkhas daughter Manila Pradhan wins the title MTV Supermodel of The Year. Supermodel of the Year has found its winner in the gorgeous Manila Pradhan in a dazzling finale. Hailing from Sikkim, Manila took the pageant home defeating Drisha More andPriya Singh in the fight to finish on Sunday (March 15). The show that premiered […]
Ministry of Culture Initiates Fellowship for Nepali Language Research Scholars and Artists Ministry of Culture has included Nepali and Santhali languages for Centre for Cultural Resources and Training (CCRT) fellowship after a delegation led by Darjeeling MP Raju Bista met and requested for so. The delegation included the members from Assam Nepali Sahitya Sabha (ANSS). […]