Darjeeling MLA Amar Rai on the debate on the Governor’s address

Writes Amar Singh Rai

I was allotted 5 minutes to make a presentation on the debate on the Governor’s address.
I thanked the Speaker for giving me the opportunity to address the august House.
I started my speech on the ” charm” of Democracy. It’s this” charm” that gives us the opportunity to express our views, to discuss and debate, to raise issues, to interact, to develop friendship and know members, to share and care.

I took up 3 issues mentioned in the Address
1. An ” inclusive” approach for development which would be pro- people and cater to the marginalised sections.
2. The plight of Tea Garden labours.
3. Scope of Education.

Darjeeling MLA Amar Rai

The inclusive approach is welcomed and hope the Govt. applies it without disparity.
I pointed out the decent instance of the Govt decision to raise the pay of Group C and D casual workers in GTA. This has led to an agitation by the Group A and B Staff which is affecting the work of the GTA. These should also be included in the decision of the Govt immediately.
On the issue of the plight of Tea garden labourers I made a mention of the long standing problems faced by them. The immediate one being the problem faced by the Gardens owned by the Alchemist Group. I Appealed to the Govt. to look into this immediately.

Regarding the scope of Education I made my point that school education is in doldrums in the Hills due to the non establishment of the School Service Commission. Requested the Govt. to take immediate steps to establish the School Service Commission, College Service Commission and the Subordinate Staff Selection Commission as all these were agreed to upon in the MOA and included in the GTA Act.

I also raised the important issues of Land Rights and Minimum Wages but time did not permit.However these issues were raised by Dr. Rohit yesterday.

विधानसभामा आफ्नो सम्बोधनको क्रममा दार्जीलिङ विधानसभा समष्टिक्षेत्रका विधायक अमरसिहँ राईले दार्जीलिङ पहाड़सम्बन्धित तीनवटा मुद्दाहरू क्रमैले सबै वर्गका मानिसहरूको समान विकास, उत्तर बगांलसितै दार्जीलिङ पहाड़का चियाकमानहरूको आर्थिक उत्थान अनि पहाड़को शैक्षिक विकासको पक्षमा राज्य सरकारको ध्यानाकर्षण गराएका छन्।

गत 17 जूनको दिन राज्यपाल केशरीनाथ तिवारीले समग्र राज्यवासीहरूको पक्षमा राज्यवासीहरूलाई समान विकासतिर अग्रसर गरिनुपर्ने, उत्तर बंगालक्षेत्रका चियाकमान अनि चियाश्रमिकहरूको उत्थान गरिनुपर्ने तथा राज्यमा सर्वाङ्गीन शिक्षा विकास गरिनुपर्ने विषयहरूमाथि आफ्नो वक्तव्य पेश गरेका थिए भने उक्त प्रस्तावहरूमाथि प्रतिक्रिया व्यक्त गर्नको निम्ति विधायक राईले आज 5 मिनटको समय पाएका थिए। सोही अवधिमा राज्यपालको उक्त वक्तव्यको स्वागत गर्दै उनले यी तीनवटा विषयहरूमा दार्जीलिङ पहाड़को निम्ति पनि राज्य सरकारले यी विषयहरूमाथि ध्यान दिन आवश्यक रहेको विचार व्यक्त गर्दै उक्त कुराहरू राखेका हुन्।

राज्यवासीको हितमा सरकारद्वारा शुरू गरिने विकासकार्यहरूमा दार्जीलिङ पहाड़लाई पनि समावेश गरिनुपर्ने माग राख्दै विधायक राईले राज्यवासीहरूलाई समान विकासमा दोहोराउने राज्यपालको योजनालाई स्वागत पनि गरे। गत फरवरी महीनामा सी अनि डी वर्गका कर्मचारीहरूको वेतन वृद्धि गरिएको प्रसङ्ग झिक्दै विधायक राईले उक्त दुई वर्गको मात्रै वेतन वृद्धि गरिदाँ ए अनि बी वर्गका कर्मचारीहरूले असन्तुष्ट रहेको बताउँदै दार्जीलिङ पहाड़मा पनि ए अनि बी वर्गका कर्मचारीहरू असन्तुष्ट भएर विरोध गरिरहेकोले जीटीएलाई प्रशासनिक तौरमा धेरै प्रभाव परिरहेको पनि विधायक राईले विधानसभालाई बताए। यसरी एक वर्गको हितमामात्रै कार्य नगरी सबै जनतालाई समानरूपमा विकासकार्यमा अग्रसर गराए राज्यको विकास संगसंगै शान्ति अनि सद्भावनापूर्ण माहौल पनि सृजना हुने पनि राईले आफ्नो सम्बोधनको क्रममा भने।

यसबाहेक दार्जीलिङ पहाड़का चियाश्रमिकहरूको उत्थानको निम्ति पनि राज्य सरकारले सोच्न अनि पदक्षेप लिन आवश्यक रहेको पनि राईले विचार व्यक्त गरे। दार्जीलिङ पहाड़का चियाकमानहरूमा धेरै प्रकारको समस्याहरू रहिआएको र कतिपय चियाकमानहरू बन्दावस्थामा रहेको पनि उल्लेख गर्दै यसलाई व्यवस्थित गर्नको निम्ति राज्य सरकारको हस्तक्षेप आवश्यक रहेको पनि उनले बताए।

यसै सन्दर्भमा अल्कामिस्ट ग्रुप अधिनस्थ रहेका दार्जीलिङ पहाड़ अनि समतलक्षेत्रका यिचाकमानहरूको समस्या समाधानको निम्ति पनि राज्य सरकारले यथाशीघ्र ठोस पदक्षेप लिन आवश्यक रहेको पनि विधायक राईले विधानसभामा माग उठाए।

यसपछि दार्जीलिङको शिक्षा व्यवस्थालाई व्यवस्थित बनाउनुको निम्ति पनि राज्य सरकारको पहल आवश्यक रहेको पनि राईले बताए। जीटीए सम्झौता अनि जीटीएको कानूनमा पनि जीटीएक्षेत्रको शैक्षिक विकासको निम्ति स्कूल सर्भिस कमिशन(एस.एस.सी), कलेज सर्भिस कमिशन(सी.एस.सी) अनि सब अर्डिनेट सेलेक्सन बोर्डहरू स्थापना गरिने कुराको उल्लेख रहेको भएतापनि हालसम्म यस दिशामा कुनै पहल नभएको उल्लेख गर्दै पहाड़को शिक्षा व्यवस्था ठीक गर्न राज्य सरकारले यी विषयहरूमा अविलम्ब पहल शुरू गरिनुपर्ने पनि विधायक राईले आफ्नो सम्बोधनको क्रममा भने।

यसरी नै अब राज्यपालको सोही प्रस्तावहरूमाथि भोलि कालेबुङका विधायिका सरिता राईले पनि विधानसभामा प्रतिक्रिया व्यक्त गर्नेछिन्।
श्री अमर सिहँ राई
विधायक
दार्जीलिङ विधानसभा समष्टि।

Amar Singh Rai Official

Share this:

 
Copyright © 2024 Indian Gorkhas Designed by Darjeeling Web Solutions