गोर्खा फाउनडेशनका प्रतिनिधिहरुले अरबिन्द केज्रिवालसित गोर्खाहरुको मांग लिएर भेट गरे

हिज दिनांक १ जुन २०१६ को दिन दिल्ली राज्यका सम्माननिय मुख्यमन्त्री श्रीमान अरबिन्द केज्रिवालसित गोर्खा फाउनडेशनका प्रतिनिधिहरुले गोर्खाहरुको बिभिन्न लम्बित मांग लिएर एउटा सौहार्द भेटघाट गरे। यस् भेटघाटमा गत फरवरी महिनामा चडाएको ज्ञापन पत्रमा छलफल गर्दै यस माथि बिशेष कार्वाही गरिदिने अनुरोध गरियो। जसमा निम्न बिषयहरु थिए- १, गोर्खाल्यान्ड मांग प्रती समर्थन गरिदिने अनुरोध, २,दिल्लीमा बसोबासो गर्ने समस्त गोर्खाहरुको सुरक्षा हेतु सरकारको उचित कदम र् ब्यवस्ता गरिदिने, ३ दिल्लीमा बसो बासो गर्ने समस्त गोर्खाहरुको निम्ती एउटा सामुदायीक भवन चाडैनै बनाइदिने, ४, दिल्ली सरकार सरकारी नोकरीहरुमा गोर्खाहरुको अवसर प्रदान गरिदिने, गोर्खा फाउनडेशनलाई सामुदायिक भवनको निम्ती जमिन स्वयम खोज्ने वहाँले हामीलाई भन्नु भयो।
गोर्खा फाउनडेशनका प्रतिनिधिहरुले अरबिन्द केज्रिवालसित गोर्खाहरुको मांग लिएर  भेट गरे
गोर्खा फाउनडेशनका प्रतिनिधिहरुले अरबिन्द केज्रिवालसित गोर्खाहरुको मांग लिएर  भेट गरे

आजकै दिन भारत सरकारको सम्माननिय गृह राज्य मन्त्री श्रीमान किरण रिजिजु सित भेटघाट गरेर वहाँ सित बिभिन्न मांगहरु लिएर एउटा ज्ञापन पत्र सुम्पे। यस् ज्ञापन पत्रमा सर्बप्रथम, गोर्खाल्यान्ड मांगलाई चाडै संसदमा बिल ल्याएर, गोर्खाहरुको सपना साकार गर्ने अनुरोध गरियो। वहाँले यस्को जवाबमा - यस् प्रती चाडैनै सरकारले कार्य गर्ने छ भन्नु भयो, र् यस् प्रती हामी इमान्दार छौ भन्नु भयो। दोस्रो मांगमा, दिल्ली पुलिसको भर्तीमा पनि डुवर्स र दार्जीलिङका गोर्खा र डुवर्सको आदीबासी दाजु भाईहरुले अवसर पाउने छ भन्नु भयो, तेस्रो मांगमा दार्जीलिङ र डुवर्सलाई उत्तर पुर्बोत्तर राज्यमा एउटा संबैधानिक प्रावधान ल्याएर अन्तर्भुक्त गर्ने यस बारे पहल गरिदिने फाउनडेशन अनुरोध गरे, चौथो मांगमा, राज्य सभामा पनि हाम्रो जातीलाई प्रतिनिधि दिने मांग गरियो, पाँचौ मांगमा, राष्ट्रिय मानव अधिकार संगठन र नेस्नल फाउनडेशन फर कम्युनल हारमोनीमा हाम्रो जातीको प्रतिनिधित्व हुनु पर्छ भन्दा वहाँले यस् बिषयमा कानुन मन्त्रालय एव गृह मन्त्रालयको नियम बमोजिम अवस्यै गरिने छ भन्नु भयो, छटौ मांगमा, हाम्रो शहिद र शहिद परिवारको निम्ती मन्त्रालयबाट एव सम्बन्धित बिभागबाट अलग आर्थिक ब्ववस्था र परिवारलाई सुबिधाहरु प्रदान गरिनु पर्छ मांग गर्दा वहाँले बिभाग र मन्त्रालय सित बिचार बिमर्श गरेर जनाउने वहाँले आश्वासन दिनु भयो, सातौ मांगमा दिल्लीमा बसोबासो गर्ने गोर्खाहरुको सुरक्षा र आत्मा सम्मानको निम्ती वहाँले दिल्ली पुलिसलाई देख्ररेख र तुरन्त सहायता दिने बिशेष आदेश दिने छु भनी आश्वसन दिनु भए, गोर्खाहरुको एघारा जातीको ट्रैबल मांग प्रती पनि बिशेष ध्यान दिने अनी सम्बन्धित बिभाग सित पनि कुरा राखेर अनुमोदन गर्ने वहाँले भन्नु भयो । आजको यस् दुवै भेटघाटमा सघन मोक्तान, डि० के० प्रधान, मनिता प्रधान, एन्ड्रु गुरुङ, लोप्सँग लामा, रेबेका राइ अनी रुस्तम छेत्रीले प्रतिनिधित्व गरेका थिए.




Share this:

Post a Comment

 
Copyright © Indian Gorkhas. Designed by Darjeeling Web Solutions