सिक्किमको मुख्यमन्त्री अनि जिटिए चेयरम्यान अनि भाइस चेयरम्यान माझ सौजन्यमूलक भेटवार्ता आउँदो २७

सिक्किमको मुख्यमन्त्री अनि जिटिए चेयरम्यान अनि भाइस चेयरम्यान माझ सौजन्यमूलक भेटवार्ता आउँदो २७ मार्चको दिन तय

दार्जिलिङ,२४ मार्च २०१८:

आज जिटिए भाइस चेयरम्यान अनित थापाले प्रेस बिज्ञ्पती मार्फत आउँदो २७ मार्चको दिन हुने भेटवार्ता बारे जनाएका छन्।उनले भने,'दार्जीलिङ- सिक्किममाझ युगौंदेखि रहिआएको प्रगाढ़ साइँनो अनि सम्बन्धमा अझ थप आयाम अनि प्रगाढ़ता प्रदान गर्ने उद्धेश्यले आगामी २७ मार्च २०१८ ( मगंलबार)- को दिन जीटीए, बोर्ड अफ एडमिनिस्ट्रेटर्सका अध्यक्ष विनय तामाङ अनि उपाध्यक्ष अनित थापाले सिक्किमका मुख्यमन्त्री डा. पवन कुमार चामलिङसित सौजन्यमूलक भेटवार्ता गर्ने तय भएको छ। सिक्किमको मिन्तोकगाङस्थित मुख्यमन्त्री डा. पवन कुमार चामलिङको आवासगृहमा अपराह्न ३ बजी उक्त भेटवार्ता हुनेछ।

विगतमा रहिआएको दार्जीलिङ पहाड़ अनि सिक्किममाझको कतिपय राजनैतिक समस्याहरूको निराकरण अनि आपसी मतभेदलाई साम्य गराउने उद्धेश्यले उक्त भेटवार्ता अत्यन्त आवश्यक देखिएको थियो। किनभने कतिपय भूल बुझाबुझ अनि राजनैतिक क्रियाकलापहरूले दार्जीलिङ-सिक्किममाझको राजनैतिक आत्मीयता अनि रगतको साइँनोमा केही चिसोपन देखिन शुरू भएको थियो।  तर गत १७ तारीख  मार्च २०१८ को दिन सिलगढ़ीमा सिक्किमका मुख्यमन्त्री डा. पवन कुमार चामलिङ अनि पश्चिम बगांलका मुख्यमन्त्री ममता व्यानर्जीको भेटवार्तापछि यो अवसर तय भएको थियो। अब आगामी २७ मार्चको दिन सिक्किमका मुख्यमन्त्री डा. पवन कुमार चामलिङ अनि जीटीए अध्यक्ष विनय तामाङ अनि उपाध्यक्ष अनित थापामाझ सम्पन्न हुने भेटवार्ताले दार्जीलिङ अनि सिक्किममाझ चिस्सिदै गइरहेको सम्बन्धमा पुनः आत्मीयताको न्यानोपन फर्केर आउनेछ भन्ने हामी पूर्ण विश्वस्त छौं।

सिक्किम हाम्रो अभिभावक राज्य हो  किनभने त्यहाँ हामीसित रगतको साइँनो लाग्ने आफन्तहरू बसोबासो गर्दछन्। त्यहाँ हाम्रो अनुहार भएका मुख्यमन्त्री अनि मन्त्रीहरू छन् जसले सबल अनि सक्रियताको साथ सिक्किम राज्यलाई प्रगतिको मार्गतिर लगातार दोहोराइरहेका छन्। हामी दार्जीलिङवासी सिक्किमको उक्त प्रगति देखेर  सदैव गौरव गर्छौ। अर्कोतिर, सिक्किमले पनि दार्जीलिङवासीलाई सदैव माया गरेर हरसम्भव साथ अनि सहयोग प्रदान गरेको इतिहास छ जसलाई दार्जीलिङवासीले कदापि भुल्न सक्नेछैनन्।

यसैले विगतमा भएको भूल बुझाबुझ अनि मतभेद अथवा घर झगड़ालाई भुलेर सिक्किम- दार्जीलिङले दाजु-भाईको नाताले सम्बन्धको न्यानो अगांलो हाल्ने दिन आइसकेको छ। किनभने दार्जीलिङले हिजो भोगेको तिक्तता, पीड़ाहरू सब भुलेर सिक्किमले झै शान्ति, उन्नति अनि समृद्धिको मार्गमा अघि बड़्न चाहन्छ। विगतका सबै दुर्घटनाहरू भुलेर भावी-पीढ़िको सुन्दर भविष्य अनि सुन्दर, सुनियोजित तथा समस्याविहीन दार्जीलिङको निर्माण गर्न चाहन्छ।

हाम्रो यस अभियानमा हामीले अभिभावकको रूपमा मान्दै आइरहेको सिक्किमले पनि पूर्ण सहयोग प्रदान गर्नेछन् भन्ने हामीलाई विश्वास छ। यही विश्वासको साथ हामी हाम्रो अभिभावक राज्यका अभिभावक मुख्यमन्त्रीसित भेटवार्ता गर्न आगामी २७ मार्च २०१८ को अपराह्व ३ बजी सिक्किममा हुनेछौं।

Share this:

Post a Comment

 
Copyright © Indian Gorkhas. Designed by Darjeeling Web Solutions