पहाडमा रोहिङ्या अनि गोर्खा जाती

थुलुङ भाई

अहिले घरी सामाजिक संजालहरुमा कतिथ रुपले रोहिङ्या मुसलमान पहाडँ(कालेबुङ) भित्र पसेको भिडियो चर्चाको बिषय बनेको छ।

यदि साच्चै नै ती सबै ब्यक्तिहरु रोहिङ्या मुसलमानहरु हुन भने यो समग्र पहाडँ अनि गोर्खा जातीको निम्ति मात्रै नभएर देशको सुरक्षा ब्यवस्था माथी नै हमला हो।के भिडियोमा देखिएको ब्यक्तिहरु भारतीय  मुसलमान हुन अथवा पहाडँ घुम्न आएका साधारण पर्यटकहरु मात्र हुन?कहाँ छन् उनीहरु अहिले? के गर्दैछन्?

पुलिस प्रशासन अनि गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका अधिकारीहरुले झट्ट यो बिषय माथी ध्यानसंग छानबिन गरि सत्यता के हो जनता सामु ल्याउन नितान्त आवश्यक छ।कारण यस्ता घटनाहरुले पहाडँमा फेरि अशान्ति शृजना गर्न सक्छ भन्न सकिन्दैन। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रवेस द्वार सुकुना देखि केही मिनेट टाडो सालबाढीमा पनि बिगत दिनहरु भन्दा धेरै संख्यामा अवैध बंगलादेशीहरुको प्रवेस भएको कुरा प्रकाशमा आएको छ अनि उनिहरुले हेर्दाहेर्दै एउटा नयाँ गाउँ नै बनाएको लेखक स्वयं लाई अनुभव छ।तब प्रश्न उठँछ यहा,के यस्ता घटनाहरु प्रशासनको जानकारी बिना घटन सक्छ?के राज्यको खुफिया विभागलाई यस बारे जानकारी हुदैन? प्रश्न गम्भीर छ।अनि त्यो भन्दा गम्भीर कुरो यस्ता कुराहरु प्रकासमा आएपनी प्रशासन किन मौन? राज्य सरकार होस अथवा केन्द्र सरकार दुवैले यो बिसयमा चासो न राखेको झै देखिन्छ।

केन्द्र सरकारको एक रिपोर्ट अनुसार पश्चिम् बंगालमा मात्रै २ करोड अवैध बंगलादेशीहरु बसोबास गर्छन्।
आसाम राज्य पनि अवैध बंगलादेशीहरुको समस्याले ग्रसित छ भने उडिस्सा पनि अछुतो छैन।सन १९७९ सालमा अल आसाम स्टुडेन्ट युनियनले अवैध बंगलादेशीको मुद्दा सरकार सम्मुख उठाएका थिए।तर सरकारले गम्भीरता पुर्वक लिएन,फलस्वरूप वर्तमान समयमा आएर केन्द्र सरकारलाई हस्ताक्षेप गर्न कर लाग्यो अनि असली भारतीय मुसलमान अनि अवैध बंगलादेशी छुट्टाउने प्रक्रिया आसाममा चलिरहेको छ।यी तीन राज्य मध्ये अवैध बंगलादेशीहरुको निम्ति पश्चिम् बंगाल राज्यमा प्रवेस गर्न सबैभन्दा सजिलो रहेको पनि बिगतका कतिपय भाइरल भिडियोहरु अनि घटनाहरुले स्पष्ट बुझाएको छ।

अन्तमा कालेबुङ शहर भित्र रोहिङ्या प्रवेश गरेको कतिथ घटनालाई कुनै राजनीतिकरण नगरी गम्भीरता पुर्वक छानबिन गरि सत्य कुरा उजागर गर्न अहिलेको परिवेशमा आवश्यक छ।

जय हिन्द जय गोर्खा

Share this:

Post a Comment

 
Copyright © Indian Gorkhas. Designed by Darjeeling Web Solutions