आसाममा १ लाख गोर्खाहरूको नाम मेटिएको घोर विरोध गर्दछौं -बिनय तामाङ

नेशनल रेजिस्टर अफ सिटिजन मार्फत आसामका कूल ४० लाख मानिसहरूको नाम काटिएको छ भने उक्त ४० लाखमध्ये १ लाख गोर्खाहरूको नाम मेटिएको हामीलाई जानकारी प्राप्त भएको छ। गोर्खा जनमुक्ति मोर्चा आसामका ती सबा गोर्खाहरूलाई उक्त ट्राफ्ट फाइनल राफ्ट नरहेकोले फेरि पनि आफ्नो नागरिकता प्रमाणित गर्ने समय रहेको जनाउँदै पुनः आवेदन गर्ने अपील गर्दछौं।यति गरेर फाइनल ड्राफ्टमा पनि यदि कुनै वैध भारतीय गोर्खाहरूको नाम छुटिन गए प्रावधानअनुसार अन्य कानूनी प्रक्रियाहरू अप्नाउने दिशामा उनीहरूलाई गोर्खा जनमुक्ति मोर्चाले पूर्ण सहयोग गर्ने आश्वासन प्रदान गर्दछौं।

आसाममा भाजपा सरकारले शुरू गरेको एनआरसीको हामी घोर प्रतिवाद जनाउँदछौं। यो भाजपाको राजनैतिक स्वार्थप्रेरित पदक्षेप हो।

यसबाहेक पश्चिम बंगालमै पनि एनआरसी लागु गर्ने भाजपाको मनाशय रहेको छ। भाजपा पश्चिम बंगाल प्रभारी दिलीप घोषले पश्चिम बंगालमा पनि एनआरसी लागु गर्ने भाजपाको योजना रहेको बताइसकेका छन्।भाजपाले राजनैतिक स्वार्थ सिद्ध गर्न नै बंगालमा पनि एआरसी लागु गर्ने षड़यन्त्र बुनेका हुन्। यदि बंगालमा पनि एनआरसी लागु गरेको खण्डमा बंगालको उत्तरपूर्वी क्षेत्रमा बसोबासो गर्ने गोर्खाहरूलाई पनि आसामबाट झैं उच्छेद गर्ने षड़यन्त्र भाजपाद्वारा शुरू गर्ने हामीलाई शङ्का रहेको छ।बंगालका अल्पसंख्यक समुदायहरूको नाम मेटाएर बंगालको सत्ता हत्याउने ताकमा भाजपाले बंगालका अल्पसंख्यक समुदायको पनि नागरिक अधिकार हनन गर्ने सोच बनाइरहेको हामीलाई शङ्का भइरहेको छ।

आसाम अनि पश्चिम बंगालमामात्रै नभएर देशका अन्य कतिपय राज्यहरूमा पनि एनआरसी लागु गर्ने भाजपाको योजना रहेको छ। यदि भाजपाले यसो गरेको खण्डमा सम्पूर्ण देशमा नै साम्प्रदायिक हिँसा अनि दङ्गा- फसाद फैलिएर जाने पनि निश्चित रहेको छ। यसरी राजनैतिक स्वार्थसिद्ध गर्नुको निम्ति राष्ट्रको साम्प्रदायिक सद्भावना भत्काउनु तथा राष्ट्रिय सुरक्षामाथि प्रश्नचिह्न खड़ा गर्नु अति निन्दनीय कुरा हो। हामी यसको घोर विरोध गर्दछौं।

विनय तामाङ
अध्यक्ष
गोर्खा जनमुक्ति मोर्चा।

Share this:

 
Copyright © 2024 Indian Gorkhas Designed by Darjeeling Web Solutions