लोकसभामा दार्जीलिङ समष्टिबाट गोर्खा प्रतिनिधित्वका सही हकदार श्री आर. बी. राई

लोकसभामा दार्जीलिङ समष्टिबाट
गोर्खा प्रतिनिधित्वका सही हकदार श्री आर. बी. राई

अब भाजपाप्रति विश्वास रहेन । दार्जीलिङभरि योग्य गोर्खा व्यक्तित्वहरू हुँदा-हुँदै एउटा राजनैतिक अनुभवहीन भएको व्यक्तिलाई अघि सारिनु भनेको भाजपा गठबन्धनको हामी गोर्खाहरूप्रतिको हेलचेक्राइ हो । योग्य गोर्खा उम्मेदवार दिए पुनर्विचार गर्न सकिने मूडमा बसेको क्रामाकपाले अब श्री आर. बी. राईलाई उम्मेदवार बनाएर चुनाउमा जानुबाहेक अर्को विकल्प छैन ।   

यसैले श्री आर. बी. राईले दार्जीलिङ संसदीय क्षेत्रका उम्मेदवारको रूपमा भोलि आफ्नो नामांकन भर्नेछन् ।

 राज्यसभा र लोकसभाको अनुभव पहिलाबाटै प्राप्त गरिसकेका श्री राई एक इमान्दार नेता मात्र होइनन् तर उनी एक अनुभवी, अध्ययनशील र योग्य गोर्खा उम्मेदवार हुन् । राज्यसत्ताको सम्पूर्ण शक्ति लगाएर गोर्खाहरूको आवाजलाई निर्ममतापूर्वक दबाउने तृणमूल पार्टी अनि भारतीय गोर्खाहरूलाई बारम्बार धोका दिएर हाम्रो विश्वासमाथि खेलबाड गर्ने भारतीय जनता पार्टीका उम्मेदवारहरूविरुद्ध अब हामीले गोर्खाल्याण्ड मुद्दाका इमान्दार सिपाही श्री आर. बी. राईको पक्षमा आफ्नो बहुमूल्य मतदान गरेर गोर्खाल्याण्डप्रेमी जनताको परिचय दिनुछ । तृणमूल र भाजपाजस्ता फासिस्ट शक्तिहरूको विरुद्ध गणतान्त्रिक शक्तिलाई बलियो बनाउनुछ । बइमानलाई धेरैपल्ट सघायौँ, अब एकपल्ट इमान्दारलाई सघाएर हाम्रो असली सङ्ग्रामको सुरुवात त्यहीँ बिन्दुबाट गर्नुछ । जनताको नेतालाई जनताले नै चिन्नुछ, चुन्नुछ । अत: गोर्खाल्याण्डप्रेमी, गणतन्त्रप्रेमी सबै-सबै मतदाताहरूलाई आर. बी. राईको पक्षमा आफ्नो बहुमूल्य मत दिने विनम्र अनुरोध गरिन्छ ।

Share this:

Post a Comment

 
Copyright © Indian Gorkhas. Designed by Darjeeling Web Solutions