बिमलकाे अनुपस्थितीमा अाज पनि पहाडकाे जनता भयभित र असुरक्षित महशुस गरि रहेका छन्। – पुरण छेत्री

बिनय-अनित र ममताले “बिमल गुरूङ” पहाड नचडाेस भन्ने चाहान्छ भने, जनतालाई बिमलले जस्तै जातित्व प्रेम र सुरक्षाकाे प्रत्याभूति दिन सक्नु पर्छ। बिमलकाे अनुपस्थितीमा अाज पनि पहाडकाे जनता भयभित र असुरक्षित महशुस गरि रहेका छन्।

पहाडमा जनता अब के चाहन्छन् ? – पुरण छेत्री : बर्तमान अवस्थामा, पहाडकाे जनताले एक किसिमकाे असुरक्षा महशुस गरिरहेका छन्। चेलिबेटीलाई घरमै अाएर बलत्कार गर्ने र घर जलाउँने खुल्ला धम्कीको बिराेध बिमल गुरूङकाे अनुपस्थितीमा कसैले गर्न सकेनन्। सरकारमा हाम्राे बाेली बिक्छ, भन्ने बिनय-अनितले पनि उताकै पक्ष पाेषणमा गरे।

“हामी पहाडमा शान्ति फर्काउने क्रममा छाै, तिम्राे पुलिस प्रशासनले यसमा खलल पुर्‍याउने काम गर्दैछ, फेरि पहाड अशान्त भएकाे हेर्न चाहान्छाै?” मात्रै भनेका भए, त्याे पुलिस अधिकारीलाई कार्वाही हुन्थ्याे, जनताले सुरक्षित महशुस गर्ने थिए। जनतालाई सुरक्षाकाे अलिकति पनि प्रत्याभूति दिन नसक्ने नेतालाई कुन मुटुले अभिभावक मान्नु?

पहाड भुसकाे अागाे माथि बसेकाे छ। मानिसहरूकाे अहिले पनि घरबाँस छैन। रात दिनकाे पुलिसकाे धरपकडले जनमानस भयभित छन्। सरकारले राजनैतिक दल हेरि – हेरि फरक-फरक व्यवहार गरिरहेका छन्। जनताले कुन पार्टीको समर्थन गर्नु पर्ने हाे, त्याे पुलिस-प्रशासनले तय गर्दैन्। पहाडका बुद्धिजीवीहरू मुखमा दहि जमाएर बसेका छन्।

बाेल्याे कि घरमा पुलिस पठाउँने चलन हावी भएकाे छ। बिनयले उफ्रि – उफ्रि GTA काे खेस्रा जलाए अनि BOA पुरस्कारमा पाए, तर उसकाे पछि बसेर “जिन्दाबाद-जिन्दाबाद” भन्ने अाफ्नै दाज्यु भाईलाई पुलिसले खेदेकाे खेदेकै छन्। मानाै उनिहरूले संसारकाे सबै भन्दा ठुलाे अपराध गरेका छन्। काश्मीरमा भारतिय फाैजलाई घाेक्र्याई-मुन्ट्याई गर्दा “खबरदार गाेली नचलाउँनु” भन्छन्। पहाडमा पुलिसलाई अलिक डेढाे हेर्‍यो भने “UAPA भेट्लास्” भन्छन्। एकदिन त सहनशीलताकाे सिमा नाग्नेछ र जनता यसकाे प्रतिकारमा उत्रेकाे दिन पहाडकाे अवस्था कस्ताे हाेला, अकल्पनिय छ।

अाज बिनय-अनितले बुझ्नु पर्ने कुरा छ, “घरमै अाएर तेराे अामा-चेलीबेटीकाे बलत्कार गर्छु” भन्दा पनि चुपलागेर बस्नु भनेकाे शान्ति होईन। याेभित्र जनताकाे कुण्ठा लुकेकाे छ। जनतालाई धेरै दिन पुलिस-प्रशासनको डर-धम्कीले दबाउँन सकिन्दैन। जनताबाट याे डर हराउँदै गए, यसले एकदिन भयानक रूप लिनेछ।

याे जन अाक्राेस भित्र को कसरी पर्ला भन्ने कुरा अहिले भन्न सकिन्दैन। एउटा अपराधीले, उसले गरेकाे अपराध हेरेर सजाय पाउँनु पर्छ, उसले बाेकेकाे झण्डा हेरेर हाेईन। पहाडमा शान्तिपुर्ण वातावरण चाहिन्छ भने, देशकाे संविधानले दिएकाे अधिकार सबै नागरिकले समान रूपले भाेग्न पाउँनु पर्छ। पहाडवासीकाे हक, हित र सुरक्षाकाे जिम्मेवारीबोध समयमै नगरे यसले एकदिन बिष्फाेटक रूप नलेला भन्न सकिन्दैन।

बिनय-अनित र ममताले “बिमल गुरूङ” पहाड नचडाेस भन्ने चाहान्छ भने, जनतालाई बिमलले जस्तै जातित्व प्रेम र सुरक्षाकाे प्रत्याभूति दिन सक्नु पर्छ। बिमलकाे अनुपस्थितीमा अाज पनि पहाडकाे जनता भयभित र असुरक्षित महशुस गरि रहेका छन्।

Via News Gorkhaland

Share this:

 
Copyright © 2024 Indian Gorkhas Designed by Darjeeling Web Solutions