मिरिकमा फुटबल कोचिङ शुरु हुने

१ अगस्तदेखि मिरिकमा फुटबल कोचिङ शुरु हुनेछ । प्रत्येक शनिबार र अाईतबार बिहान ७ बजेदेखि ८ बजेसम्म कोचिङ हुनेछ ।

कोचिङ क्लास यहाँको अाले खेल मैदानमा हुनेछ । कोचिङ क्लास सिलगढीको प्रसिद्ध क्लब डायनमिक फुटबल एकाडेमी अनि कञ्चनजंघा फुटबल क्लब ( केएफसी ) को संयुक्त अायोजनमा कोचिङ क्लास हुने मिरिक स्पोर्टस हाउसले जनाएको छ । ८ वर्षदेखि १९ वर्ष उमेरसम्मको ईच्छुक खेलाडीहरुलाई अंश ग्रहण गराएर फुटबल कोचिङ क्लास हुने जानकारी दिदै यी उमेरका खेलाडीहरुले भर्ना लिन सक्ने पनि बताए ।

तृणमूल स्तरबाट नै बलियो अाधार दिन अनि फुटबलको सठीक ज्ञान दिन फुटबल कोचिङ क्लास अायोजन गरिएको अनि कोचिङमा उत्कृष्ट हुनेहरुलाई इण्डियन अाई लीगमा पठाउने लक्ष्य राखेको अनि अण्डर १९को लागि पनि खेलाडी तयार पार्ने उद्धेश्य राखिएको केएफसीले जनाएको छ । फुटबल एकाडेमी पनि सुचारु हुने जानकारी दिदै एकाडेमी ३० जना खेलाडीहरु लिएर शुरु हुने जसकोलागि १२ जनाले भर्ना लिइसकेको अब १८ जनालाई भर्ना लिन बाँकी रहेको पनि मिरिक स्पोर्टस हाउसले जनायो । एक अगस्तदेखि शुरु हुने फुटबल कोचिङ क्लासको निम्ति मिरिक बजारको स्पोर्टस हाउससंग सम्पर्क राख्न अाह्वान गरिएको छ ।कोचिङको लागि २२ जुलाईसम्म नाम दर्ता गराईसक्नु पर्ने पनि स्पोर्टस हाउसले जनाएको छ ।

via Voice of Mirik

Share this:

Post a Comment

 
Copyright © Indian Gorkhas. Designed by Darjeeling Web Solutions